धनगढी पोष्ट
शुक्रबार, ११ चैत २०७८ मा प्रकाशित
धनगढी । धनगढी–७ स्थित शिव माध्यामिक विद्यालयले ७ दिने महाँयज्ञ सञ्चालन गरेको छ । विद्यालयको पूर्वाधार विकासका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले महाँयज्ञ सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक नन्दलाल रानाले बताए ।
महाँयज्ञ उद्घाटन गर्दै प्रधानमन्त्री महाँयज्ञ उद्घाटन गर्दै कांग्रेस केन्द्रिय सदस्य डाक्टर राणा देउवाले विद्यालयको भैतिक पूर्वाधामा सहयोग गर्ने घोषणा गरेकिछन् । उनले विद्यालयमा दरवन्दि थप गर्नका लागि पनि पहल गर्ने बताइन् ।
भागतवत सनातन धर्म मान्नेहरुका लागि सबैभन्दा ठूलो महत्वको ज्ञान भएको बताउँदै नेतृ डाक्टर आरजु राणा देउवाले हजारौ वर्ष अगाडि लेखिएको भएपनि अहिले पनि हाम्रो जिन्दगीमा दैनिक काम लाग्ने पथप्रदर्शक गरिरहने ज्ञान भएको बताइन् ।
‘एक पटक सुन्न पाएपनि जुनी टर्छ रे हामीले अर्को जुनी लिइरहनु पर्दैन भन्ने कहावत छ’ नेतृ आरजु राणा देउवाले भनिन्, ‘गुरुले वाचन गर्नुहुन्छ, उल्था गर्नुहुन्छ । तपाईहरुले मन लगाएर सुन्नुहोस् ।’
उद्घाटन कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा लगायतको सहभागिता रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भागिराम चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चालन विद्यालयकी शिक्षिका गिता सोडारीले गरेकि थिइन् भने, विद्यालयका प्रधानाध्यापक नन्दलाल रानाले गरेका थिए । उद्घाटन कार्यक्रम अघि विद्यालयले कलश यात्राको आयोजना समेत गरेको थियो ।