धनगढी पोष्ट सोमबार, ०८ बैशाख २०८२   April 21, 2025

कांग्रेस प्रदेश सभापतिले दोहोर्याउँदै भने : गठबन्धन हुँदैन

कांग्रेस प्रदेश सभापतिले दोहोर्याउँदै भने : गठबन्धन हुँदैन

धनगढी नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति बीरबहादुर बलायरले आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने भन्दै गठबन्धन नहुने दोहोर्याएका छन् उनले केही दिन अधि पनि सुदूरपश्चिममा गठबन्धन नहुने बताएका थिए

शुक्रबार दार्चुला पुगेका बलायरले सञ्चारकर्मीसँग बोल्दै गठबन्धन नहुने बताएका हुन् अहिलेको परिस्थितिमा गठबन्धनको परिकल्पना नगरिएकाले नीतिगत रुपमा सुदूरपश्चिममा गठबन्धन हुदैन, उनले भने, ‘कांग्रेसले एक्लै चुनाव लड्छ बहुमत स्थानमा जीत हाँशील गर्ने

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा समेत सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्न सकारात्मक देखिएपनि केन्द्रीय सदस्य सशांक कोइराला लगायतका नेताहरु अनिच्छुक देखिएका छन् यस्तै अन्य नेताहरु प्रदेशका देउवा  निकटकै सभापतिहरु पनि तालमेलमा अनिच्छुक देखिएका हुन्