धनगढी पोष्ट शनिबार, १७ कार्तिक २०८१   November 2, 2024
लोकसेवाको बिज्ञापनमा थारु कोटा छुट्याउन माग

लोकसेवाको बिज्ञापन नसच्याए आान्दोलन गर्ने चेतावनी

लोकसेवाको बिज्ञापन नसच्याए आान्दोलन गर्ने चेतावनी

धनगढी । सुदुरपश्चिम लोकसेवा आयोगले आव्हान गरेको  बिज्ञापन सच्याउँदै थारु कोटा निर्धारण गर्न  थरुहट संघसंस्थताहरुले माग गरेका छन् । बिज्ञापन नसच्याइए अदालतमा जानेदेखि संघर्षका कार्यक्रम घोषणा गर्ने उनीहरुले बताएका छन्

हामी सुदुरपश्चिम सरकारको थारु बिरोधी कदमलाई समयमै सच्याउन  २१ प्रतिशत थारु कोटा निर्धारण गर्न अनुरोध गर्दछौं   दुई राजनैतिक पार्टी आठ संस्थाहरुले संयुक्त रुपमा निकालेको बिज्ञप्तिमा भनिएको समयमै व्यवस्थापन नगरे अदालतको ढोका ढकढक्याउन त्यसबाट न्याय नपाए कडा भन्दा कडा आन्दोलन गर्ने व्यहोरा जानकारी गराउन चाहन्छौं

 सुदुरपश्चिम प्रदेश लोकसेवा आयोगले यही चैत गते प्रकाशन गरेको बन रक्षक पदको बिज्ञापनमा थारु समुदायलाई कोटा नछुटयाइएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन्

लोकसेवाले  निकालेको शय ६७  पदको बिज्ञापनमा मधेशीलाई १७ आदिवासी जनजातिलायई २० कोटा छुट्याइएको

सुदुरपश्चिममा थारु समुदायको जनसँख्याका आधारमा थारुलाई कोटा छुट्याइनु पर्ने उनीहरुको माग थरुहट थारुवान संघर्ष समितिका सयोजक लक्ष्मण चौधरीले पहिचानको लडाइमा अहिलेसम्म आफुहरु लागेको बताउँदै अयाृगले बिज्ञापनमा थारुको पहिचान नस्वीकारेको बताए सुदुरपश्चिममा रहेको थारुका लागि कोटा छुट्याइएको छैन  तर अत्यन्तै न्युन मात्रामा भएको मधेशीका  लागि कोटा छुट्याइएको लक्ष्मणले भने यसले संविधनले गरेका समानुपातिक सहभागिताको  ग्यारेन्टीलाई उल्लंघन गरेको

   थारु पहिचानलाई नस्वीकारेर उत्तेजित बनाउने काम नर्गा आग्रह गर्दै लक्ष्मणले समयमै यसलाई नसच्याए आन्दोलन अघि बढाउने बताए

 थारु कल्याणकारिणी सभा कैलालीका सभापति लाहुराम चौधरीले  कहिले मधेशी, कहिले आदिवासी देखाएर थारु समुदायलाई पेन्डुलम बनाउने काम भैरहेको उल्ल्ेख गर्दै भने सबै बर्ग, समुदाय जातिलाई सरकारमा सहभागी नगराएसम्म अपनत्वको भावना जागृति हुँदैन

 थारु कल्याणकारिणी सभाका केन्द्रिय सदस्य प्रभात चौधरीले थारु पहिचानलाई स्वीकार्ने सरकारले सहमति गरेर पनि अहिलेसम्म कार्यान्वयन नगरेको बताए

थारु कल्ण्याणकारिणी सभा कैलालीका उपाध्यक्ष माधव चौधरीले बिज्ञापनलाई समयमै नसच्याइए आन्दोलन अघि बढ्ने बताए   

 थारु कल्याणकारिणी सभा कैलाली, कन्चनपुर, नेपाल राना थारु समाज कैलाली कन्चनपुर, थारु नागरिक समाज, थारु बिद्यार्थी समाज, थारु महिला सँघ, थरुहाट थारुवान राष्टिय मोर्चा कैलाली, जनता समाजवादी पार्टी कैलाली नेपाल लोकतान्त्रिक पार्टी  कैलालीले संयुक्त बिज्ञप्ति प्रकाशित गरेका हुन्