धनगढी पोष्ट
सोमबार, २१ चैत २०७८ मा प्रकाशित
धनगढी । एशियन लाइफ इन्स्योरेन्स लिमिटेड धनगढी शाखाले आफ्नो १४ औं बार्षिकोत्सवको अवसरमा सोमबार आमाका माया छात्रावासलाई सहयोग गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी कैलालीका सभापति उत्तम जोशी र नेपाल पत्रकार महासँघका केन्द्रिय सदस्य भरत शााहले सहयोग सामाग्री छात्रावासका इन्चार्ज सुवास तामाङलाई हस्तान्तरण गरेका हुन् ।
हरेक बर्ष सामाजिक सँस्थाहरुलाई सहयोग गर्ने क्रममा यस पटक आमाको माया छात्रावासलाई सहयोग गरिएको एशियन लाइफ इन्स्योरेन्सका सुदुरपश्चिम प्रवन्धक लोकराज जोशीले बताए ।
एशियन लाइफ इन्स्योरेन्स धनगढीका प्रमुख कमल राज जोशीका अनुसार छात्राबासलाई दश हजार मुल्यका कापी, पेन्सिल, डटपेन, स्टेशनरी, तन्ना थान, खाद्यान्न चामल, दाल र फलफुल सहयोग गरिएको हो ।
नेपालकै अग्रणी जीबन बीमा कम्पनीको अधिकृत पुँजी ५ अर्ब र चुक्ता पुँजी २ अर्ब रहेको छ । ३० अर्ब २४ करोडको जीवन बीमा कोष रहेको एशियनको कुल लगानी ३२ अर्ब ४३ करोड, २०७८। २०७९ सम्म कुल बीमा शुल्क आर्जन ३३ अर्ब ७५ करोड र चालु आव २०७८। २०७९ को फागुनसम्म बीमा शुल्क आर्जन ४ अर्ब ५४ करोड रहेको छ ।
आमाको माया छात्रावासमा ३४ जना सहयोगापेक्षी युवाहरु रहेका छन् । उनीहरुले छाञावासमा बसेर अध्ययन गर्ने गरेका छन् ।