धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

आमाको स्मृतिमा अमेरिकामा बस्दै आएका छोराहरुद्धारा  कैलालीमा पाठशाला भवन निर्माण

आमाको स्मृतिमा अमेरिकामा बस्दै आएका छोराहरुद्धारा  कैलालीमा पाठशाला भवन निर्माण

धनगढी स्वर्गीय सावित्रा नेउपाने (मिश्र)को स्मृतिमा गौरीगंगा नगरपालिका मा रहेको गायत्री अनुष्ठान विष्णुमन्दिर परिसरमा पाठशाला भवन निर्माण गरिएको   मिश्रका अमेरिकामा बस्दै आइरहेको छोराहरु अभिचन्द्र मिश्र कमल मिश्रको १२ लाख ९५ हजारको सहयोगमा पाठशाला निर्माण गरिएको भवन निर्माण समितिका संयोजक खेमानन्द पौडेलले बताए

 एक कार्यक्रमका बीच गौरिगंगा नगर पालिकाका नगर प्रमुख  भीम बहादुर देउवा भवन उद्घाटन गरेका छन् सोही अवसरमा सावित्राका ९७ वर्षिय  पिता सोमनाथ न्यौपानेले भवन  गायत्री अनुष्ठान विष्णुमन्दिरलाई हस्तान्तरण गरेका छन् न्यौपाने बन्धु सप्ताह ज्ञान महायज्ञको प्रसाद स्वरूप  विश्व भुटानि हिन्दु महासंघलाई  सोमनाथ न्येउपानेले ३०० थान पञ्चरत्न गता हस्तान्तरण गरेका थिए

भवन निर्माण सहयोगी भुमिका निर्वाह गरेका सावित्राका  दाजु पुर्ण न्यौपानेले आफ्ना बुवा पाचथरमा जन्मेर भारतको आसाममा केही बर्ष भुटानमा चार दशक बिताइसकेपछि मानव अधिकार आन्दोलनमा सहभागी भएकै कारण झापमा शरणार्थी  रुपमा बस्न बाध्य भएको बताए झापामा शरणार्थीको रुपमा बस्ने क्रममा नै अमेरिका गएर बिश्व हिुन्दु भुटानी सँघ गठन गरेर अमेरिकामा हिन्दु परम्पराको संरक्षण गर्न गुरुकुल पाठशाला सञ्चालन गरेको    यस गायत्री अनुष्ठान पाठशालाको  लागि आवश्यक  सहयोग गर्ने न्यौपानेले बताए

 पाठशाला भवनको हस्तान्रणकै लागि सावित्रका बुवा सोमनाथ न्यौपानेदाजु पुर्ण न्यौपाने भाउजु पवित्रा न्यौपाने कैलालीको गौरीगंगा आएका हुन्   ।

मन्दिरको संस्थापक अध्यक्ष  महेश्वर पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा  स्वागत मन्तव्य जेष्ठ नागरिक मञ्चका  सचिव चन्द्र प्रसाद खनालले व्यक्त गरेका थिए भने कार्यक्रम सँचालन भवन निर्माण समितिका संयोजक खेमानन्द पौडेलले  गरेका थिए