धनगढी पोष्ट
शुक्रबार, २५ चैत २०७८ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेशसभाको चालु हिउँदे अधिवेशन शुक्रवार (आज) देखि अन्त्य हुने भएको छ । बिहीवार बसेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले शुक्रबार अधिवेसन अन्त्य गर्ने सिनर्णय गरेको हो ।
बैठकले चालु नवौं अधिवेशन अन्त्यकालागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् अन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जानकारी दिइन । उनका अनुसार मन्त्रीपरिषद बैठकले प्रदेश निजामती कर्मचारीको आन्तरिक भ्रमण (कार्यक्रम सञ्चालन) निर्देशिका २०७८ लाई स्वीकृत गरेको छ ।
यस्तै, सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यालय डोटीमा रहने गरी स्थान तोकेको छ । मन्त्री जोशीका अनुसार मन्त्रीपरिषद बैठकले आगामी वर्ष २०७९ सालमा दिइने सार्वजनिक विदाहरु पनि अनुमोदन गरेको छ । यस्तै सुदूरपश्चिम प्रदेश आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व सम्बन्धि विधेयक तर्जुमा गर्न सैदान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।