धनगढी पोष्ट
शुक्रबार, २५ चैत २०७८ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा सहभागि एकिकृत समाजबादी पार्टीका मन्त्रीले सामुहिक राजिनामा दिने भएका छन् । प्रदेश सरकारमा नेपाली कांग्रेसलाई पनि सहभागि गराउन सजिलो होस् भन्ने उद्देश्यले समाजबादी पार्टीका मन्त्रीले सामुहिक राजिनामा दिन लागेका हुन् ।
सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसका दुई मन्त्री र एक राज्य मन्त्री सहभागि हुँदैछन् । कांग्रेसबाट प्रदेश संसदिय दलका नेता डाक्टर रणबहादुर रावलले आन्तरिक मामिला तथा योजना मन्त्रालय पाउने छन् भने, प्रदेशसभा सदस्य गोबिन्द बोहराले सामाजिक बिकास मन्त्रीको जिम्मेवारी पाउँदैछन् । यसैगरी कांग्रेसका प्रदेशसभा सदस्य टेकबहादुर रैकालाई सामाजिक बिकास राज्य मन्त्रीको जिम्मेवारी दिइएको छ । कांग्रेसबाट सरकारमा सहभागि मन्त्रीले आजै सपथ गर्दै छन् ।
एकिकृत समाजबादी पार्टीले पनि आजै नयाँ मन्त्रीको नाम टुङ्गो लगाउँदै सपथ गराउने तयारी गरेको छ । तर हाल सम्म कस्लाई मन्त्री बनाउने भन्नेबारेमा भने खुलाइएको छैन । शत्तारुढ ठगबन्धन दलको केन्द्रिय निर्णय अनुसार सुदूरपश्चिममा कांग्रेसले मन्त्रालय पाएको हो ।