धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

काँग्रेस  सुदुरपश्चिम सरकारमा सहभागी

काँग्रेस  सुदुरपश्चिम सरकारमा सहभागी
सुदुरपश्चिम प्रदेश प्रमुख देवराज जोशीसँग शपथ लिंदै नयनियुक्त मन्त्रीहरु

धनगढी संघीय सरकारमा गठबन्धन भएको  दश महिनापछि नेपाली काँग्रेस सुदुरपश्चिम सरकारमा सहभागी भएको   स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जान सहज बनाउन  सुदुरपश्चिम संसदिय दलका नेता रण बहादुर रावलको नेतृत्वमा  काँग्रेस सरकारमा सहभागी भएको हो   काँग्रेस मन्त्री एक राज्यमन्त्री सहित सरकारमा सहभागी भएको हो       सुदुरपश्चिमममा  सरकारको सबै भन्दा ठुलो दल नेपाल एसले  दुई मन्त्रालय छोडेपछि काँग्रेसले सरकार सहभागिता जनाएको हो काँग्रेसबाट डा. रावल आन्तरिम मामिला तथा कानुन मन्त्री, गोविन्द राज बोहरा सामाजिक बिकास मन्त्री टेक बहादुर रैका आउजी सामाजिक बिकास राज्यमन्त्री नियुक्त भएका छन् यसअघि नेकपा एसका पुर्णा जोशी आन्तरिक मामिला एवम कानुन मन्त्री, लाल बहादुर खड्का सामािजक बिकास मन्त्री धना कुमारी साउँद सामाजिक बिकास राज्यमन्त्री  रहेका थिए

    निर्वाचन आचारसंहिता लागु हुन चार घण्टा अघि शुक्रवार साझ साढे सात बजे सुदुरपश्चिका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रीमण्डल हेरफेर गर्दै काँग्रेसलाई सरकारमा सहभागी गराएका हुन् नेकपा एसबाट सरकारमा प्रतिनिधित्व गर्ने   चार मन्त्री तीन राज्यमन्त्री मध्य संसदिय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी बाहेकका सबैले राजीनामा गरेपछि  मुख्यमन्त्री भट्टले  मन्त्रीमण्डल पुुनर्गठन गरेका हुन्

 संघीय सरकारमा गठबन्धन भएको बेलादेखि नै काँगेसले सुदुरपश्चिम सरकारलाई सरकारमा सहभागी नभएर बाहिरबाट नै समर्थन गर्दै आएको थियो  नेकपा एमाले बिभाजन अघि गत  जेठमा मुख्यमन्त्री त्रिलोचन भट्टले बिश्वासको मत लिंदा नेपाली काँग्रेसले  मतदानमा सहभागिता नजनाएर सहयोग गरेको थियो   मुख्यमन्त्री भट्टलाई बहुमत नपुग्ने अवस्थामा पक्षमा मतदान गर्ने सहमति गरेको काँग्रेस मुख्यमन्त्रीलाई नेकपा माओवादी एमालेका मतबाट बहुमत पुग्ने भएपछि मतदानमा सहभागी नभएको हो

शपग्रहणको लगत्तै नवनियुक्त मन्त्रीहरुले मन्त्रालय पुगेर कार्यभार सम्हालेका छन्

नेपाली काँग्रेस कैलालीका सचिव नृप सुनार स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर सँगै जान सहज  बनाउन काँग्रेस सरकारमा सहभागी भएको बताउँछन्   देशभरि नै चार पार्टीबीच गठबन्धन गरेर जाने सहमति भएको सचिव  सुनारले भने काँग्रेस प्रदेश सरकारमा सहभागी भएपछि स्थानीय तहको निर्वाचनमा पनि मिलेर उम्मेदवार  बनाउन सहज हुनेछ

 केही दिन अघिसम्म नेपाली काँग्रेसका सुदुरपश्चिम प्रदेश सभापति बीर बहादुर बलायर सुदुरपश्चिमा चार दलबीच पालिकाहरुको निर्वाचनमा गठबन्धन नहने बताउँदै आएका थिए   प्रदेशमा भैरहेका चुनावी सभालाई सम्वोधन गर्दै  प्रदेश सभापति बलायर  सरकारमा गठबन्धन नहुने तर निर्वाचनमा मात्र गठबन्धन हुन नसक्ने बताउँदै आएका थिए

    काँग्रेसको नेतृत्वमा  संघीय सरकारमा गठबन्धन बनेपछि नेपाली काँग्रेसका संसदिय दलका नेता डा. रण बहादुर रावलले सुदुरपीश्चमको नेतृत्व काँग्रेसले पाउनु पर्ने दावी गर्दै पहल गर्न पार्टी केन्द्रमा लबिङ गरेका थिए  

सुदरपश्चिम प्रदेश सरकार सात मन्त्री चार राज्यमन्त्री सहित ११ सदस्यीय रहेको

 

नेकपा एसद्धारा मन्त्री परिवर्तन

धनगढी काँग्रेसलाई सरकारमा बनाउने क्रममा नेकपा एसले दुई मन्त्रालयको नेतृत्व छोडेको भने एक मन्त्री दुई राज्यमन्त्री परिवर्तन गरेको

 नेकपा एसले  आर्थिक मामिला तथा योजना मन्त्रीबाट तारा लामा तामाङलाई फिर्ता बोलाएर प्रकाश रावललाई  पठाएको तामाङ रावल दुवै कन्चनपर जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य हुन्

त्यस्तै  भौतिक पुर्वाधार बिकास राज्यमन्त्रीबाट चुन कुमारी चौधरीलाई फिर्ता बोलाएर  कुलबीर चौधरी आथिक मामिला राज्यमन्त्रीबाट माया तामाङ  बोहरालाई फिर्ता बोलाएर  अमर बहादुर साउँदलाई पठाएको

  नेकपा एसले संसदिय दलका नेता एवम भौतिक पुर्वाधार बिकास मन्त्री दिर्घ सोडारी बाहेकका सबै मन्त्री राज्यमन्त्रीलाई राजीनामा दिन लगाएर सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरु परिवर्तन गरेको हो भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी मात्र सोही मन्त्रालयमा कायम रहेका छन्

अब एकीकृत समाजबादीबाट सरकारमा दुई मन्त्री   दुई राज्यमन्त्रीको सहभागिता भएको