धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

सत्ता साझेदारी नभए गठबन्धन छोड्ने जसपाको चेतावनी

सत्ता साझेदारी नभए गठबन्धन छोड्ने जसपाको चेतावनी

धनगढी । पाँच पार्टीबीचको गठबन्धनको भावना बिपरित आफुलाई   सुदुरपश्चिम सरकारबाट बाहिर राखिएको भन्दै जसपाको सुदुरपश्चिम प्रदेश समितिले असन्तुष्टि जनाएको गठबन्धनको केन्द्रिय भावना अनुसार  सरकारमा साझेदारी नगरेर पालिकाको निर्वाचनमा पनि गठबन्धन नगर्ने जसपाले चेतावनी दिएको

सुदुरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारमा नेपाली काँग्रेसलाई सहभागी गराएको दोश्रो दिन शनिबार  जसपाले यस्तो चेतावनी दिएको हो

नेपाली कांग्रेस, नेकपा माओवादी नेकपा एकीकृत समाजवादीले कुनै जानकारी नै नदिएर काँग्रेसलाई सुदुरपश्चिम सरकारमा सहभागी गराएको जनता समाजवादी पार्टीले अपमान महशुश गरेको जसपाका सुदुरपश्चिम प्रदेश अध्यक्ष कृष्ण कुमार चौधरीले धनगढीमा आयोजित पत्रकार सम्मेलनमा भने  अपमान हुने व्यवहार देखाएमा गठबन्धन कायम हुन सक्दैन

गठबन्धनको बैठकमा सहकारमा साझेदारीका बिषयमा कुरा गर्दा मिलाउने क्रममा रहेको बताए पनि  जानकारी नै नदिएर मन्त्रीमण्डलमा सहभागी गराउँनुले  आप्नो पार्टी अलगगै जान बाध्य भएको अध्यक्ष चौधरीले बताए जसपा पालिकाहरुको निर्वाचनमा जसपा एक्लै चुनाव लड्न सक्षम अध्यक्ष चौधरीले भने आवश्यक परे जनताका बिकासका बिषयमा तालमेल मिलेमा बाहिरका कुनै पनि घटकसँग सहकार्य गरेर अघि बढ्न सक्छ  

 केन्द्रिय सहमति अनुसार सुदुरपश्चिममा सत्ताका घटकहरु अगाडी बढेमा गठबन्धन यथावत रहने अध्यक्ष चौधरीले बताए

संघीय सरकारमा नेपाली काँग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीजनता समाजवादी पार्टी राष्टिय जनमोर्चाको गठबन्धन त्यही गठबन्धनले बैशाख ३० गते हुन लागेको पालिकाहरुको निर्वाचनमा पनि गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरेर प्रदेश, जिल्ला पालिका तहमा अहिले प्रयास भैरहेको

सुदुरपश्चिममा नेकपा माओवादी नेकपा एस मात्र सरकारमा सहभागी रहेकामा निर्वाचन आचार संहिता शुरु हुने अन्तिम दिन शुक्रवार नेपाली काँग्रेसलाई मन्त्री एक राज्यमन्त्री सहित सरकारमा  सहभागी गराइएको थियो

अध्यक्ष चौधरीले सुदुरपश्चिममा सरकारलाई दिएको समर्थन फिर्ता दिने चेतावनी पनि दिएका छन्

जनता समाजवादीका केन्द्रिय सदस्य आर सी यादवले जसपालाई सरकारमा सहभागी नगराएर गठबन्धनको मर्मलाई धोका दिइएको बताए सरकारका बारेमम  गठबन्धनमा कुनै छलफल नगर्ने, निर्वाचनका बारेमा मात्र गर्ने कुैैरै हुन सक्दैन यादवले  भने यो सरासर धोका हो  

जसपाकी केन्द्रिय सदस्य एवम प्रदेश सभा सदस्य मालमती रानाले गठबन्धनमा सहकारका बारेमा छलफल  नगरेर चुनावका बारेमा मात्र छलफल गर्न नसकिने बताइन्