धनगढी पोष्ट
आइतबार, २७ चैत २०७८ मा प्रकाशित
धनगढी । धनगढीमा अनुमानित २८ देखि ३० बर्षिय एक पुरुषको वेवारिसे सव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका स्थित भन्सार कार्यालय अगाडी ६ लेन सडकमा अपरिचित पुरुषको शव भेटिएको हो ।
आइतबार विहान भेटिएको शवको अझै पनि पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले बताए । शव अहिले सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।
प्रारम्भिक अनुसन्धान अनुसार मदिरा सेवनका कारण ती यसवकको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । नालीमाथी सामान्य अवस्थामा सुतेकै वेला युवकको मृत्यु भएको देखिएको र सरीरमा कुनै घाउ चोट समेत नभएको प्रहरीले जनाएको छ ।