बझाङमा पहिरोको अपडेट

पहिरोमा १७ घर पुरिए ११ जना सम्पर्क बिहीन, उद्धारका लागि हेलिकोप्टरको पहल हुँदै

पहिरोमा १७ घर पुरिए ११ जना सम्पर्क बिहीन, उद्धारका लागि हेलिकोप्टरको पहल हुँदै
बझाङको केदारस्यु गाउपालिकाको मल्लेसमा गएको पहिरोले पुरयाएको क्षतिcture

धनगढी,

   बझाङको केदार स्यू गाउँपालिका८ मेल्लेखी भन्ने स्थानमा शुक्रबार राती गएको पहिरोका कारण १७ घर पहिरोमा पुरिएर कम्तिमा ११ जना वेपत्ता भएको अनुमान गरिएको छ ।

   गाउँपालिकाका अध्यक्ष इन्द्र भण्डारीले हाल सम्म घटना स्थलमा पुग्न नसके पनि आफुलाई १७ घर पहिरोमा पुरिएका र ११ जना वेपत्ता भएको सूचना आएको बताए । घटना स्थल सम्म पुग्न कम्तिमा ३ घण्टा अझै लाग्ने छ अध्यक्ष भण्डारीले भने–‘स्वास्थयकर्मी, सुरक्षाकर्मी सहित गाउँपालिकाको टोली बाटोमै छौं ।

   उनले पहिरोमा पुरिएर घाइते भएकाहरुको उद्धारका लासिग हेलिकोप्टर मगाउन पहल भइरहेको बताए । टोलीमा  स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सहित १२ जनाको समुह रहेको अध्यक्ष भण्डारीले बताए ।

   रातीको समयमा सवै जना घर भित्रै हुने हुँदा क्षेती बढी भएको हुन सक्ने बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए ।