धनगढी पोष्ट
आइतबार, २७ चैत २०७८ मा प्रकाशित
धनगढी । सामाजिक क्षेत्रमा शक्रिय रहँदै आएकी युवा नेतृ दिप्ती शाहीले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धनगढी उप–महानगरपालिकाको उप–मेयर पद दावि गरेकिछन् । सामाजिक क्षेत्रमा काम गर्दै आफुलाई स्थापित बनाउन सफल शाहीले नेकपा एमालेबाट उप–मेयर पदको दावी गरेकी हुन् । २०६८ सालदेखि नेकपा एमालेको संगठित सदस्य रहकी शाहीले वडा कमिटी, जिल्ला निर्वाचन विभाग हुँदै पार्टीका विभिन्न संगठनमा बसेर काम गरि सकेकी छन् । शाही अहिले धनगढी नगर कमिटीको सह–सचिव पदमा रहेर काम गरिरहेकिछन् ।
एम.वि.एस।सम्मको अध्यायन गरेकी शाही विगत लामो समयदेखि अध्यापन पेशामा संलग्न रहनुको साथै विभिन्न सामाजिक संस्थामा समेत काम गर्दै आएकी छन् । उनले विगत १० वर्ष दिपेन्द्र प्रहरी आवासिय माध्यमिक विद्यालय, ३ वर्ष सुदूरपश्चिम क्याम्पसमा अध्यापन गर्नु भयो भने पछील्लो ७ वर्षदेखि धनगढी स्थित कैलाली बहुमुखि क्याम्पसमा स्तनातक र स्नाकोत्तर तहमा अध्यापन गराइरहेकिछन् ।
शाहीले विभिन्न सामाजिक क्षेत्रमा पनि काम गर्दै आएकिछन् । उनि जिल्ला सहकारी संघ कैलालीको सञ्चालक, प्रदेश बचत तथा ऋण सहकारी संघ सुदूरपश्चिमको सचिव, लाईन्स क्लव अफ धनगढीको बरिष्ठ उपाध्यक्ष भएर कार्य अनुभव लिई सकेकी छन् । यस्तै नागरिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष र धनगढी महिला जेसिज २०१८ को अध्यक्षमा रही काम गरेर राम्रो कार्य अनुभवको साथै प्रत्यक्ष रुपमा जनता सामु पुगेर कार्यअनुभव हाँसिल गरेकी छन् ।
पार्टीले आफुलाई विश्वास गरी उप–मेयरको लागी टिकट दिएमा बिजयको झण्डा फहराउन सफल हुने शाहीले जनाएकिछन् । विगत लामो समयदेखि यसै क्षेत्रमा रहेर अत्यक्ष अप्रत्याक्ष रुपमा जनता सामुनै रहेर काम गरेको र त्यसको मुल्यांकन यस क्षेत्रको जनताले गरेकोले आफु र आफ्नो टिमलाई बिजय गराउन सहज हुनेमा आफु विश्वस्त रहेको उनको भनाई छ ।