धनगढी पोष्ट शुक्रबार, १७ असोज २०८३   October 2, 2026

दशरथचन्दको मेयरमा एमालेबाट ‘लख्खाभाइ’ उम्मेदवार

दशरथचन्दको मेयरमा एमालेबाट ‘लख्खाभाइ’ उम्मेदवार

धनगढी । नेकपा एमाले बैतडीले दशरथचन्द नगरपालिकाको मेयरमा पुष्कर जोशी -लख्खाभाइ_ लाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले दशरथचन्द नगरकमिटीधको बैठकले एमाले सुदूरपश्चिम कमिटी सदस्य रहेका जोशीलाई  मेयर पदको उम्मेदवारमा सर्वसम्मत चयन गरेको  हो ।

सो नगरपालिकामा उप प्रमुखको भने टुङ्गो नलागेको नगर कमिटी सचिव मनोज बोहराले बताए । लख्खाभाइ गत स्थानीय तहको निर्वाचनमा मेयर पदमै ६० मतले पराजित भएका थिए ।