धनगढी पोष्ट
मङ्गलबार, २९ चैत २०७८ मा प्रकाशित
धनगढी । बैतडीका अधिकांश ग्रामीण क्षेत्रमा विद्युत विस्तारको काम समयमै हुन नसक्दा ग्रामिण भेगका नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् । केही ग्रामिण क्षेत्रमा बिद्युत तार र खम्बा अपुग हुँदा विजुली बल्न सकेको छैन् । तर, कतिपय ठाउँमा भने पुगाएका विद्युत खम्बा र तारहरुको चरम दुरुपयोग भएको पाइन्छ ।
जिल्लाको सिगास–७ मा विद्युत सामाग्रि मात्रै फालेर काम नगरिदा ती सामाग्रीसको दुरु पयोग हुन थालेको छ । लामो समय सम्म विद्युत सामाग्रीको प्रयोग नभएपछि किसानले त्यसको दुरु पयोग गर्न थालेका छन् । अहिले किसान विद्युतका पोललाई खेतको बारका रपमा प्रयोग गर्न थालेका छन् ।
कसानको खेतबारीमा विद्युत तारहरुले बार लगाइएको छ । स्थानीय किसान रामसिंह साउदँले आफ्नो २ रोपनी खेतमा उक्त विद्युत तारहरुहरुको बार लगाएका हुन् । सो क्षेत्र मुख्य बाटो छेउमै पर्ने भएकाले आवत जावत गर्ने सबैले तारको दुरुपयोग प्रष्ट देख्छन् तर कोही बोल्दैनन् ।
खेतको बार मात्रै नभई आल्मोनियनका विद्युत तारहरुबाट आरन व्यवसायीहरुले कराई, मान्द्रो, ताप्के, ढकेरा जस्ता भाडाकुडा बनाउने गर्दछन् । सिगास ४मा गडतोलामा बस्ने करिब १ दर्जन आरन व्यवसायीले उक्त सामग्रीको दुरुपयोग गरेको स्थानीय सुरेन्द्र साउदले बताए ।
उक्त तार स्थानीयतह हुनु पुर्व नै वैकल्पीक उर्जा प्रर्वधन केन्द्रले न्वाघरीगाड लघु जलविद्युत आयोजनाका लागि आएको हो । उक्त जलविद्युत अहिले पुर्ण रुपमा बन्द भैसकेको छ । उक्त विद्युत सञ्चालनका बखत प्रयोग भएका काठका खम्बाहरु ५बर्षमै कुहिएपछी तारको स्थानीयबासीले भाडाँकुडा बनाउनुका साथै खेतबारीमा प्रयोग गरेका हुन् ।