धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

कैलालीमा एमाले र जसपा गठबन्धनको प्रयासमा

कैलालीमा एमाले र जसपा गठबन्धनको प्रयासमा

धनगढी । आगामी बैशाखमा हुन लागेको पालिकाको चुनावमा  कैलालीमा गठबन्धनको लागि नेकपा एमाले जनता समाजवादी पार्टीबीच छलफल शुरु भएको सुदुरपश्चिम सरकारमा सहभागी नगराएका कारण रुष्ट बनेको लगत्तै जनता समाजवादी  पार्टी एमालेले  जिल्लामा मिलेर चुनावमा जान सकिने सम्भावनाबारे  छलफल गरेका हुन्

संघीय सरकारमा गठबन्धनमा रहेको दलहरुले सुदुरपश्चिम प्रदेशमा आफुहरुलाई नटेरेपछि  जिल्लामा अन्य शक्तिहरुसँग छलफल शुरु भएको जसपाका कैलाली जिल्ला अध्यक्ष गया प्रसाद कुश्मीले बताए वहाहहरु -काँग्रेस, माओवादी   नेकपा समाजवादी_ ले हामीलाई सुदुरपश्चिम सरकारमा सहभागिताबारे कुनै छलफल गर्नु भएन, अध्यक्ष  कुश्मीले भनेसत्ताका बारेमा छलफल नगर्नेसँग चुनावका बारेमा मात्र गठबन्धन गरिराख्न आवश्यक भएन, त्यसैले हामीले अरुसँग पनि छलफल शुरु गरेका छौं

जिल्लामा गठबन्धन निर्माणका लागि जसपाका अध्यक्ष कुश्मी, नेकपा एमालेका केन्द्रिय निर्वाचन परिचालन समितिका सदस्य रण बहादुर चन्द घोडाघोडी नगरपालिका प्रमुख ममता चौधरीबीच धनगढीमा छलफल भएको हो   छलफलमा जिल्लामा गठबन्धन गरेर जानका लागि छलफललाई अघि बढाउने सहमति भएको एमालेका साथीहरुले जिल्लामा सम्मानजनक सहभागिातका आधारमा गठबन्धन गरेर जाने प्रस्ताव गर्नु भयो, अध्यक्ष कुश्मीले भने, ‘सम्मानजनक रुपमा सीट बाडफाड गरेर जाने कुरामा हाम्रो पनि सहमति हो एमालेसँग थप छलफल गरेर चाँडै टुँगोमा पुग्ने अध्यक्ष कुश्मीले बताए

एमालेका निर्वाचन परिचालन समितिका सदस्य चन्दले जसपासँग पनि गठबनन्धनको सम्भावनका बारेमा गरिएको छलफल सकारात्मक रहेको बताए एक चरणको छलफल सकारात्मक बनेको , चन्दले भनेथप छलफलहरुको अझै आवश्यकता

सुदुरपश्चिम सरकारमा आफ्नो पार्टीलाई सहभागी नगराएपछि जसपा गठबन्धनप्रति रुष्ट बनेको सुदुरपश्चिम सरकारमा काँग्रेसलाई सहभागी गराइएको दुई दिनपछि पत्रकार सम्मेलन गर्दै सत्ता साझेदारी नगरिए बर्तमान गठबन्धन छोड्ने जसपाका सुदुरपश्चिम अध्यक्ष कृष्ण चौधरीले बताएका थिए

सरकारमा सहभागी नगराइए आफुहरु प्रदेशमा गठबन्धनको बिकल्प खोज्ने वा  एक्लै चुनाव लड्ने अध्यक्ष चौधरीले बताएका थिए सरकारका बारेमा गठबन्धनमा छलपल नहुने तर निर्वाचचनका बारेमा मात्र गठबन्धनमा छलफल हुने कुरा आफुहरुलाई माान्य नभएको चौधरीले बताएका थिए मन्त्री एम राज्यमन्त्री सहित काँग्रेसलाई सहभागी गराएपछि जसपा रुष्ट बनेको  

केन्द्रमा काँग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा राष्टिय जनमोर्चा बीच गठबन्धन बनेको त्यही गठबन्धनले  आगामी बैशाख ३० गते हुन लागेको पालिकाहरुको निर्वाचनमा गठबन्धन कायमै राखेर जान अहिले प्रदेश, जिल्ला पालिका स्तरमा छलफल भैरहेको कैलाली जिल्लामा हुने गठबन्धनका बारेमा चैत २७ गते  गठबन्धनका बीचमा छलफल भए पनि सहमति  बनिसकेको छैन

जसपाका अध्यक्ष कुश्मीले पालिका स्तरमा दुवै दलको अवस्था मुल्याङकन गरेर गठबन्धन निर्माणको प्रयास गरिने बताए नेपाली काँग्रेका सभापचि शेर बहादुर देउवा, नेकपा  माओवादीका अध्यक्ष पुष्प कमल दाहाल, नेकपा एसका सम्मानित नेता  भलनाथ खनाल, जसपाका वरिष्ठ  नेता अशोक राई जनमोर्चाको उपाध्यक्ष दुर्गा पौडेलले  सोमबार संयुक्त बिज्ञप्ति प्रकाशित गर्दै आपसी मतभेदलाई पन्छाउँदै चुनावमा एक अर्कालाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता जानएका छन्