धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

जसपाका सुदूरपश्चिम प्रदेश अध्यक्ष माओबादीमा प्रवेस

जसपाका सुदूरपश्चिम प्रदेश अध्यक्ष माओबादीमा प्रवेस

धनगढी जनता समाजवादी पार्टीका सुदूरपश्चिम अध्यक्ष कृष्णकुमार चौधरी -कुन्दन_ माओवादी केन्द्रमा प्रवेश गरेका छन् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को हातबाट टिका लगाउँदै मैगलबार चौधरी सो पार्टीमा प्रवेस गरेका हुन्

२०६४ को निर्वाचनमा माओबादी केन्द्रबाटै कैलाली बाट निर्वाचित हुँदै संविधानसभा सदस्य बनेका चौधरी माओबादी केन्द्र फुटेपछि बाबुराम भट्टराईको पक्षमा लागेका थिए

नयाँ शक्तिका सुदूरपश्चिम प्रदेश संयोजक बनेका चौधरी समाजबादी पार्टीको समेत प्रदेश अध्यक्ष रहेका थिए चौधरी संगै जनता समाजबादी पार्टी छाडेर अन्य कायकर्ता पनि माओबादी केन्द्रमा प्रवेस गरेका छन्

उनले मंगलबार दिउँसो आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फ जसपाका सम्पूर्ण जिम्मेवारीबाट राजिनामा दिएको घोषणा गरेका थिए ।