धनगढी पोष्ट मङ्गलबार, २४ भदौ २०८२   September 9, 2025

जीपमाथि ढुङ्गा खस्दा चालकको मृत्यु

जीपमाथि ढुङ्गा खस्दा चालकको मृत्यु

धनगढी बझाङको छविसपाथिभेरा गाउँपालिकामा जीप माथी ढुंगा खस्दा चालकको मृत्यु भएको

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार छबिसपाथिभेरा गाउँपालिका भाँडेबजार स्थित किन्द्रालमा भिरबाट खसेको ढुंगा जीपमा बजारिएको थियो

ढुंगा लागेको जीप अनियन्त्रित भएर सेती किनारमा खस्दा जीप चालक छबिसपाथिभेरा गाउँपालिका का ५० बर्षिय जयबहादुर सार्कीको घटना स्थलमै मृत्यु भएको हो

छविस पाथिभेरा गाउँपालिकाको बाहुनडाँडाबाट मोरीबगरतर्फ आउँदै गरेको से१ज ६७६ नम्बरको जीपमाथी भिरबाट खसेको ढुंगा परेको थियो जीपमा अन्य व्यक्तिभने सवार थिएनन्