धनगढी पोष्ट
शनिबार, २० असार २०७७ मा प्रकाशित
धनगढी,
अबिरल बर्षा पछि बझाङको केदार स्यू गाउँपालिका–८ मेल्लेसमा गएको पहिरामा पुरीएर हराएका मध्य दुई जनाको शव भेटिएको छ ।
शव भेटिनेमा ११ बर्षे प्रयाग जेठारा र ७ बर्षिया अस्मिता जेठारा हरेको स्थानीय शुरेश जेठाराले बताए । उनका अनुसार पहिरो गाउँमा पस्दा चार परिवारका सात जना बेपत्ता भएका छन् ।
वेपत्ता हुनेमा मेल्लेसका ४४ बर्षे रामदेवी जेठारा, उनकी १५ बर्षे छोरी शान्ति जेठारा, ७ बर्षे छोरी अस्मिता जेठारा र ११ बर्षे छोरा प्रयाग जेठारा रहेका छन् यसै गरी सोही ठाउँका नवराज जेठाराकी ११ बर्षिया छोरी सन्तुकुमारी जेठारा, प्रेम जेठाराका २० बर्षे छोरा गिरिजा जेठारा र ८० बर्षे दले जेठारा रहेका छन् । पहिरोमा परी अन्य व्यक्ति पनि वेपत्ता भएको हुन सक्ने भएपनि विवरण नआएको उनले बताए ।
शुक्रबार राति एक बजेतिर गाउँको विचमा बग्ने खोलाले माटोसँगै ढुङ्गा बगाएर ल्याउन थालेपछि गाउँलेहरूको भागाभाग भएको उनले बताए । पहिरो आएको थाहापाएपछि केही व्यक्ती भने घरबाट भागेर बाँच सफल भएका थिए ।
पहिरोले घरमा भएको अन्न, लुगा कपडा, गाई, भैंसी गोरुहरूलगायत १८ परिवारको धनसम्पत्ति सबै बगाएर लगेको जेठाराले बताए ।
दुई खोलाको विचमा गाउँ रहेका कारण घटना स्थलमा अझै पुग्न नसकिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक गणेश बमले बताए ।