धनगढी पोष्ट
आइतबार, ०४ बैशाख २०७९ मा प्रकाशित
धनगढी । धनगढी सुपर लिग ( डिएसएल)को डिजिटल लर्निङ्ग पार्ट्नरको रुपमा काठमाडौंमा रहेको निमा एकेडेमी रहेने भएको छ । सो सम्झौतामा आइतबार दुई पक्षविच हस्ताक्षर भएको आयोजक लिटल फ्लावर स्पोर्ट एण्ड इभेन्ट्स प्रालिका अध्यक्ष रामचन्द्र शाहीले बताए ।
प्रतियोगिता आयोजक लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिका अध्यक्ष रामचन्द्र शाही र निमा एजुकेसन फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत निश्चलमान प्रधान बिच निमा एकेडेमीको कार्यालयमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । नीमा एकेडेमी २०१८ मा निमा एजुकेसन फाउन्डेसन द्वारा स्थापना गरिएको एक एड–टेक स्टार्टअप हो ।
यसले मुख्यतः रचनात्मक र उच्चस्तरको सिकाइ सामग्रीहरू प्रस्तुत गरेर नेपालमा विद्यमान शिक्षा प्रणालीको गुणस्तर उकास्ने लक्ष्य राखेको छ । यो एउटा प्रयोग गर्न सजिलो डिजिटल शिक्षा प्लेटफर्म हो । यस फाउन्डेसनमा नेपाली शिक्षा क्षेत्रमा ३० वर्षभन्दा बढी अनुभव भएका शिक्षाविद् र शिक्षकहरू आवद्ध छन् ।
यसबाहेक, नीमा एकेडेमीले विद्यार्थीहरुलाई गेमिफाइड सामग्री, अन्तरक्रियात्मक हाजिरीजवाफ, भिडियोहरू, एनिमेसन, लाइभ कक्षाहरू र अन्य धेरै समावेश गर्ने रोचक तरिकाहरू प्रदान गरेर उनीहरूलाई मद्दत गर्दै आएको छ ।