धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

दिसाजन्य लेदो व्यवस्थापनका लागि नीति निर्माण गरिनु पर्नेमा जोड

दिसाजन्य लेदो व्यवस्थापनका लागि नीति निर्माण गरिनु पर्नेमा जोड

धनगढी नगरको स्वच्छता कायम गर्न दिसाजन्य लेदो व्यवस्थापनका लागि नीतिगत रुपमा अघि बढ्नुपर्नेमा जोड दिइएको

आइतबार धनगढीमा नगरस्तरिय दिसाजन्य लेदो व्यवस्थापनका लागि सुदूरपश्चिमका १३ पालिकाका कर्मचारीलाई प्राबिधिक जानकारी दिन आयोजना गरिएको तीन दिने तालिममा स्थानीय तहलाई नीती निर्माण गरेरनै अघि बढ्न अग्रह गरिएको हो

नेपाल नगरपालिका संघको आयोजना वातावरण तथा जनस्वास्थ्य संस्था -एनफो_को प्राबिधिक सहयोगमा सञ्चालित तालिमको उद्घाटन शत्रमा बोल्दै नगरपालिका संघका केन्द्रिय निर्देशक कलानीधि देवकोटाले नगर स्वच्छ बनाउँन दिसाजन्य लेदो व्यवस्थापन हुनु जरुरी रहेको बताए काम गर्छाैं भनेर मात्रै हुँदैन, निर्देशक देवकोटाले भने, ‘अव सवै स्थानीय तहहरुले नीति निर्माण गरी सोही अनुसारको बजेटको व्यवस्थापन गरेर जान सके मात्रै दिसाजन्य लेदोको उपयुक्त व्यवस्थापन हुन सक्दछ

कार्यक्रमा सहभागि धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वड गोदावरी नगरपालिकाकी उपमेयर रत्ना कडायतले दिंसाजन्य लेदो व्यवस्थापनका लागि कार्यरत रहेको भन्दै अव नीतिगत रुपमै त्यस तर्फ काम गर्ने प्रतिबद्धता जनाएका थिए

तीन दिनसम्म सञ्चालन हुने तालिममा कर्मचारीलाई दिंसाजन्य लेदो व्यवस्थापनमा कसरी काम गर्ने भन्ने बारेमा जानकारी गराइने यसका साथै तालिममा प्राबिधिक पक्षको जानकारी गराइने, दिंशाजन्य लेदो व्यवस्थापनका लागि नीति आवश्यक भन्ने कुराको पनि जानकारी दिइने नीति निर्माण गर्दा  त्यसका लागि बजेटको कसरी व्यवस्थान गर्न सकिन्छ भन्ने बारेमा पनि तालिममा सहभागि कर्मचारीलाई आवश्यक परामर्श दिइने कार्यक्रमका सहजकर्ता मुस्कान श्रेष्ठले बताए

तालिममा प्रमुख प्रशिक्षक राजेन्द्र श्रेष्ठ रहनेछन् भने आइतबार भएको उद्घाटन कार्यक्रममा संविधानविद तथा नेपाल सरकारका पूर्व सचिव काशिराम दहाल, नगरपालिका संघका केन्द्रिय कार्यकारी निर्देशक कलानीधि देवकोटा, नगरपालिका संघ सुदूरपश्चिम प्रदेशका व्यवस्थापक झंकर कुँवर, नगरपालिका संघका केन्द्रिय सदस्य नृपबहादुर वड लगायतेको सहभागिता रहेको थियो

दिगो विकास लक्ष्यको छैठौं उद्देश्यको नम्बर बुदामा उल्लेख गरिएको सरसफाई सरसफाई कार्यक्रमलाई सफल बनाउन वटै प्रदेशमा दक्षिण एशियाली नगरपालिकाहरुको सञ्जालमा सरसफाई पैरवी कार्यक्रम लागु भएको सोही कार्यक्रम अनुसार पहिलो चरणमा कर्मचारीलाई प्राबिधिक तालिम दिनथालिएको हो परियोजनाले सुदूरपश्चिमका १३ पालिकामा दिसाजन्य लेदो व्यवस्थापनका लागि नीति निर्माणमा पनि आवश्यक सहयोग गर्ने नेपालका सो परियोजना २०२४ सम्म लागु हुने