धनगढी पोष्ट बुधबार, ०६ फागुन २०८२   February 18, 2026

१२ बर्षिया बालिकालाई यौन दुर्व्यवहारको आरोपमा ५१ वर्षीय पुरुष पक्राउ

१२ बर्षिया बालिकालाई यौन दुर्व्यवहारको आरोपमा ५१ वर्षीय पुरुष पक्राउ

धनगढी १२ बर्षिया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कैलालीको धनगढीबाट ५१ वर्षीय पुरुषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका बस्ने १२ बर्षिय बालिकालाई चैत ३० गते ५१ बर्षिय पुरुषले यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो

सोही आरोपमा आधारमा सोमबार ती पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले बताए पक्राउ परेका पुरुषमाथी थप अनुसन्धान गर्न अदालतबाट म्याद थप गरीएको प्रबक्ता जोशीले बताए