धनगढी पोष्ट शुक्रबार, १८ पुष २०८२   January 2, 2026

२८ बर्षे सरकारी जागिरको यात्रा छोडेर राजनीतिमा

२८ बर्षे सरकारी जागिरको यात्रा छोडेर राजनीतिमा

धनगढी बैतडीमा २८ बर्ष सम्म सरकारी जागिर खाएका एक जना प्राबिधिक कर्मचारीले जागिरबाट राजिनामा दिएर राजनीति तर्फ पाइला चालो छन्

२८ बर्ष सम्म प्राबिधिक सहायकको जागिर गरेका बैतडीको पाटन नगरपालिका१० का धनबहादुर कुँवरले सो जागिर छाडेर वडा अध्यक्षका लागि उम्मेदवारी दिएका हुन् नेपाली कांग्रेसबाट वडा अध्यक्षको सिफारिषमा परेका कुँवर अहिले जागिर छोडेर चुनावि प्रचारप्रसारमा छन्

२८ बर्षसम्म प्राविधिक सहायकको जागिर गरेका कुँवरले सो पदबाट राजीनामा गरेर चुनावी मैदानमा होमिएको बताए सरकारी जागिरको सिलसिलामा आफ्नो नागरिकसंग राम्रो सम्बन्ध रहेको सोही सम्बन्धका कारण आफू राजनीतिमा होमिएको उनले बताए

उनले भनेमैले मेरो जागिरको धेरै समय यसै वडामा बिताएको छु यहाँका नागरिकका समस्यासंग जानकार छु उनीहरुका समस्या समाधानका लागि मेरो उम्मेदवारी हो

पार्टीले टिकट दिएसंगै आफू चुनावी प्रचारप्रसारमा होमिएको कुँवरले बताए उनले भनेमैले अहिले घरदैलो अभियान शुरु गरेको छु नागरिकले जिम्मेवारी दिएमा जिम्मेवारी पूरा गर्ने बाचा गरिरहेको छु