धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

स्वतन्त्र उम्मेदवार हमालले गरे मनोनयन दर्ता

स्वतन्त्र उम्मेदवार हमालले गरे मनोनयन दर्ता

धनगढी धनगढी उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका व्यवसायी गोपाल हमालले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर हमालले मेयर पदमा स्वतन्त्र तर्फ बाट उम्मेदवारी दर्ता गराएका हुन्

उम्मेदवारी मनोनयन दर्ता गराउँदै हमालले धनगढीको विासलाई नयाँ उचाईमा पु¥याउनु आफ्नो लक्ष्य रहेको बताएका थिए उनले राजनीतिक दलरुलाई विकास भन्दा पनि राज्यको श्रोत साधनको दुरु पयोग गर्दै बाडिचुडी खाने प्रवृति रहेको भन्दै त्यसलाई निरुत्साहित गर्न पनि आफुले उम्मेदवारी दिएको बताए आफुले जितेमा धनगढीलाई मोडेल शहरका रुपमा चिनाएर देखाउने उनले बताए

२०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि व्यवअसायी हमालले धनगढीको मेयरमा उम्मेदवारी दिएका थिए तर उनि निर्पबहादुर वड संग २७ सय मत अन्तरले पराजीत बनेका थिए हमाल संगै विभिन्न वडाबाट पनि वडा अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गाराएका छन्