धनगढी पोष्ट बुधबार, ०६ फागुन २०८२   February 18, 2026

धनगढी–३ मा राप्रपाबाट युवा नेता भट्ट टिम सहति मैदानमा

धनगढी–३ मा राप्रपाबाट युवा नेता भट्ट टिम सहति मैदानमा

धनगढी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट धनगढी को वडा अध्यक्षमा युवा नेता लोकराज भट्टले उम्मेदवारी दिएका छन् भट्टले वडाका लागि आफ्नो टिम सहति सोमबार मुख्य निर्वाचन अधिकृको कार्यालय धनगढीमा मनोनयन गराएका हुन्

लामो समय देखि सामाजिक काममा सक्रिय भट्ट सिर्जनशिल व्यक्तिका रुपमा परिचित छन् विदेश जान भन्दा युवालाई आफ्नै क्षेत्रमा स्वरोज्गार गर्नु पर्छ  त्यसका लागि सरकारले वातावरण बनाउनु पर्छ भन्दै भट्ट विगत देखिनै वकालत गर्दै आएका छन् आफु वडा अध्यक्ष बने युवा वर्गलाई स्वरोज्गार बन्ने कार्यक्रम ल्याउने उनको दावी

राप्रपाबाट वडा अध्यक्षमा भट्ट संगै वडा सदस्यमा विस्ना चन्द्र, राधिका दमाई, लोकेन्द्र प्रसाद भट्ट सुरज विष्टले उम्मेदवारी दर्ता गराएका छन् आफ्नो टिममा सवै युवा समेटिएको भन्दै उनले समाज परिवर्तनका लागि युवा नेतृत्व आउनु आवश्यक रहेको बताए