धनगढी पोष्ट शुक्रबार, १७ असोज २०८३   October 2, 2026

जोरायल गाउँपालिका–४ को अध्यक्षमा रावलको उम्मेदवारी

जोरायल गाउँपालिका–४ को अध्यक्षमा रावलको उम्मेदवारी

धनगढी । डोटीको जोरायल गाउँपालिका–४ को वडा अध्यक्षमा एकिकृत समाजबादी पार्टी र नेकपा माओबादीको साझा उम्मेदवारका रुपमा बहादुर रावलले उम्मेदवारी दिएका छन् ।

जोरायल गाउँपालिकामा एकिकृत समाजबादी पार्टी र नेकपा माओबादी पार्टी विच चुनावि तालमेल भएको छ । रावलले दुई पार्टीका साझा उम्मेदवारका रुपमा वडा नम्बर–४ बाट उम्मेदवारी दिएका हुन् ।

नेकपा एमालेबाट लामो समय राजनीति गरेको रावल एमाले विभाजित भएसंगै नेकपा एसमा लागेका थिए । उनि विकास प्रेमि र सकारात्मक सोच भएका व्यक्तिका रुपमा परिचित छन् ।