धनगढी पोष्ट
शनिबार, १७ बैशाख २०७९ मा प्रकाशित
धनगढी । सुदूरपश्चिमका तीन जिल्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । बैतडी, दार्चुला र बझाङमा टेलिकमको सेवा पूर्णरुपमा अवरुद्ध भएको हो ।
शुक्रबार साँझ आएको हावाहुरीले डडेल्धुराको भालुमारेमा नेपाल टेलिकमको फाइबर ब्रेक भएपछि तीनै जिल्लामा टेलिकमका सम्पूर्ण सेवा अवरुद्ध भएका बताइएको छ ।
हावाहुरीले विद्युतको पोल ढलेपछि फाइबर ब्रेक भएको र टेलिकमले प्रदान गर्ने भ्वाइस र इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकमका वरिष्ठ इन्जिनियर घनश्याम पाठकले बताए । अवरुद्ध सेवा सुचारुका लागि प्राविधक टोली खटिएको उनले बताए ।