धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

निर्वाचन आचारसंहिता पालना गर्ने दलहरुको प्रतिबद्धता

निर्वाचन आचारसंहिता पालना गर्ने दलहरुको प्रतिबद्धता

धनगढी आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचलाई ¥यादित बनाउन कैलालीका राजनीतिक दलहरुले निर्वाचन आचार संहिताको पालना गर्ने प्रतिबद्धता जनाएका छन्

सुदूरपश्चिम प्रदेश संवाद समुहले राजनीतिक दल, निर्वाचन आयोगका पदाधिकारी, गैर सरकारी संस्था लगायत सरोकारवाला निकायसंग शनिबार धनगढीमा आयोजना गरेको कार्यक्रममा दलहरुले आचार सहिताको पालना गर्ने प्रतिबद्धता जनाएका हुन्

नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारले सवै उम्मेदवार कार्यकर्तालाई निर्वाचन आचारसंहिताको पालना गर्न निर्देशन दिएको बताए तर पार्टी संगठन ठुलो भएका कारण कतै आचार संहिता उल्लङ्घन भएको पाइएमा जानकारी गराउन पनि उनले सर्वसाधारणलाई आग्रह गरेका छन्

हामीले केही स्थानमा गल्ति भएको पाइएपछि उम्मेदवारलाई सचेत गराएका छौं, सचिव सुनारले भने, ‘अरु उम्मेदवारलाई पनि आचारसंहिताको ख्याल गर्न भनेका छौं, कतै कम्जोरी भएको गुनासो आएमा त्यसलाई सच्याएर जानेकुरामा नेपाली कांग्रेस प्रतिबद्ध

एकिकृत समाजबादी पार्टीका कैलाली अध्यक्ष भैरव रावलले पनि निर्वाचन आचारसंहिताको पालना गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए सवै उम्मेदवारलाई आचारसंहिताका बारेमा जानकारी गराएको भन्दै उनले चुनावि प्रचारका क्रममा कहि कतै हुन सक्ने गल्तिका बारेमा आफहरु संवेदनशिल रहेको बताए

राष्ट्रिय जनमोर्चाका सुदूरपश्चिम प्रदेश अध्यक्ष नन्दराज भट्टले भने आफ्नो पार्टी राजनीतिमा सधै इमान्दार हुँदै आएको बताए यस अघिका निर्वाचनमा पनि जनमोर्चाले कहिल्यै निर्वाचन आचारसंहिता विपरित काम गरेन, उनले भने, ‘आगामी दिनमा पनि त्यस प्रति हामी सचेत छौं, आचारसंहिता विपरितका क्रियाकला सधै ठुला पार्टीबाट हुने गरेका छन्

जनता समाजबादी पार्टीका केन्द्रिय सदस्य आरसि यादवले आचारसंहिता विपरित काम गर्ने उम्मेदवार तथा राजनीतकि दललाई कारवाही गर्न आग्रह गरे उनले आचारसंहिता विपरित काम गर्ने उम्मेदवार तथा दलका कार्यकर्ता विरुद्ध उजुरी आएपछि त्यसको सत्य तथ्य छानविन गरी कारवाही गर्न निर्वाचन आयोग तयार हुनुपर्ने बताए तर उजुरी दिने व्यक्तिको पहिचान भने गोप्य राखिनु पर्नेमा उनले जोड दिए

एसएलसीमा मैले विद्यालयको निरिक्षण गरेपछि केही शिक्षकका विरुद्ध जिल्ला शिक्षा कार्यालयमा उजुरी दिएको थिएं त्यहाँ शिक्षक विरुद्ध छानविन हुनेको सट्टा उल्टै आर.सी यादवले उजुरी दिएको भनेर प्रचार भएछ, उनले भने, ‘जस्का कारण ती शिक्षक मेरो अहिले सम्म पनि सम्बन्ध विग्रेको , निर्वाचन आयोगमा उजरी दिंदा पनि यस्तो नहोस्, उजुरी दिने व्यक्तिको पहिचान गोप्य राखियोस्

कार्यक्रममा अनौपचारिक सेवा केन्द्र (इन्सेक) का प्रदेश संयोजक खडकराज जोशीले भने राजनीतिक दल मात्र नभई आम मतदाता पनि निर्वाचनको समयमा आचार संहिताका विषयमा प्रतिबद्ध हुनु पर्ने बताए

दललाई झुटा आरोप लगाउने, भ्रमामत्क तथ्य हिन समाचार वा सुचना सामाग्री सामाजिक सञ्चालमा पोष्ट गर्ने जस्ता गतिविधी मतदाता बाट पनि हुन सक्दछन्, उनले भने, ‘यस प्रति मतदाता सचेत हुनु पर्दछ, उम्मेदवारले पनि आचारसंहिता विसर्नु हुँदैन

आचारसंहिताको उल्लङ्घन गर्ने जो कोहीलाई पनि कारवाही गर्ने भन्दै मापदण्ड जारी गरिएको भएपनि त्यसको कार्यान्वयन नभएको उनको भनाई निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्नेलाई ठाउँको ठाउँ कारवाही गरेको खण्डमा यस्ता गतिविधी न्युनीकरण हुन सक्दथ्ये, उनले भने, ‘तर नियम बनाउने  कारवाही कसैलाई नगर्दा आचारसंहिताको उल्लंघन पनि बढ्न थालेको

यस्तै पत्रकार समिर भट्टले पनि दलहरुले मापदण्ड भन्दा ठुलो पोष्टर सार्वजनिक तायाताका साधनमा टागेर आचार संहिता विपरित काम गरेको भन्दै त्यसलाई रोक्न निर्वाचन कार्यालय संग माग गरेका थिए

कार्यक्रममा बोल्नै कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कानून अनुसार कारवाही गरिने बताए तर आचारसंहिता उल्लंघन गरेको प्रमाण भने निर्वाचन कार्यालयमा बुझाई उजुरी दिनु पर्ने उनले बताए अनुमगन गर्न जाने हामी संग जनशक्तिनै छैन, मुख्य निर्वाचन अधिकृत पनेरुले भने, ‘कसैले प्रमाण सहित उजुरी दिएमा हामी छनविन गरी आवश्यक कारवाही गर्ने छौं

उनले सार्वजनिक सवारीमा मापदण्ड भन्दा ठुलो आकारका पोष्टर बनाइको विष निर्वाचन कार्यलमा पुगेको सम्बन्धित उम्मेदवारलाई त्यसता पोष्टर, पम्प्लेट हटाउन आग्रह गरिरहेको बताए पहिलो पटक हामी उम्मेदवारलाई सम्झाई बुझाई गर्ने छौं, उनले भने, ‘तर दोहो¥याएर कसैले आचारसंहिता विपरितका काम गर्छ भने नियम विपरित कारवाही हुने

मुख्य निर्वाचन अधिकृत पनेरुले दलहरुलाई खर्चको सीमामा रहन पनि आग्रह गरेका छन् त्यसैगरी एक उम्मेदवारलाई दुई वटा सम्म गाडी प्रयोग गर्न पाउने व्यवस्था भएपनि हाल सम्म कुनै पनि उमेदवारले आफ्नो सवारीलाई दर्ता नगराएको बताउँदै उनले सवै उम्मेदवारलाई आफुले प्रयोग गरेको सवारी निर्वाचन अधिकृतको कार्यालयमा दर्ता गराउन आग्रह गरे

कार्यक्रममा सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले चुनावका वेला उम्मेदवारले पालना गर्नुपर्ने आचारसंहिताका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए कार्यक्रममा सहजिकरण संवाद समुहका प्रदेश सहजकर्ता कर्ण शाहले गरे