धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

रिकोभरद्धारा कैलारीका आगलागी पीडितलाई खाद्यान्न सहयोग

रिकोभरद्धारा कैलारीका आगलागी पीडितलाई खाद्यान्न सहयोग

धनगढी  । व्याकवार्ड सोसाइटी एजुकेशन वेस कैलालीले कैलारी गाउँपालिका७ विपतपुरका आगलागी पीडित परिवारलाई खाद्यान्न सहयोग गरेको छ । लुथरन वल्र्ड फेडरेशनसँगको साझेदारीमा सँचालन भैरहेको कोभिड १९ बाट प्रभावित समुदायको लागि पुनरोत्थान  परियोजना  (रिकोभर) अन्तर्गत बेसले खाद्यान्न सहयोग गरेको हो ।

आगलागी पीडित परिवारलाई थोरै भए पनि राहत पुगोस् भनेर २ लाख २० हजार एक सय रुपैयाँ बराबारको खाद्यान्न सहयोग गरिएको परियोजना संयोजक लक्ष्मण चौधरीले बताए । आगीलागी पीडितहरुलाई २५ किलाको ७१ कटटा चामल, १४२  संयोजक चौधरीका अनुसार  सहयोग सामाग्रीमा  किलो मिक्स दाल, १४२ किलो नुन, १४२ लिटर खानेतेल, ७१÷७१ प्याकेट बेसार, ढुर मिर्चा, मिक्सा मसाला, २१३ किलो आलु, १४२ किलो प्याज रहेको  छ ।

खाद्यान्न सामाग्री वेस कैलाली कोषाध्यक्ष लालबहादुर चौधरी, जिल्ला संयोजक लक्ष्मण चौधरीले कैलारी गाउँपालिकाका योजना अधिकृत सन्तोष कुमार चौधरीको रोहवारमा विपतपुर भल्मन्सा हिंगुराम चौधरीलाई हस्न्तारण गरेका हुन् ।