धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

आचार संहिता पालना गर्ने उम्मेदवारको प्रतिबद्धता

आचार संहिता पालना गर्ने उम्मेदवारको प्रतिबद्धता

धनगढी । धनगढी उप महानगरपालिका स्थित विभिन्न पार्टी तथा स्वतन्त्र उम्मेदवारले निर्वाचन आचारसंहिताको पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार संवाद समुह धनगढीले आयोजना गरेको छलफल कार्यक्रममा धनगढी उप महानगरपालिकाका लागि प्रमुख तथा उप प्रमुख पदमा उम्मेदवारी दिएका उम्मेदवारहरुले आचारसंहिताको पालना गर्दै निर्वाचनलाई स्वच्छ र म¥यादित बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् । छलफल कार्यक्रममा बोल्दै नेकपा एमालेका तर्फबाट मेयरमा उम्मेदवारी दिएका रणबहादुर चन्दले दलहरु चुनावि प्रचारप्रसारमा व्यस्त हुँदा सुरक्षाको अवस्थालाई पनि चुस्त बनाउनु जरुरी भएको बताए । ‘चुनावि मिति नजिकिदै जाँदा उम्मेदवारले प्रचा प्रसार कार्यलाई पनि तिब्र बनाएका छन्,’ उनले भने, ‘यस्तो वेला सुरक्षा चुनौती बढ्न सक्छन्, सुरक्षा नीकाय पनि सतर्क रहनु आवश्यक छ ।’ उनले आफ्नो दल निर्वाचन आचारसंहिताको पुर्ण पालना गराउन प्रतिबद्ध रहेको बताए । मेयरका उम्मेदवार चन्दले निर्वाचन सम्पन्न भएपछि मत पेटिका सम्बन्धित स्थानमा पु¥याउने र मतपेटिका बुझ्ने प्रक्रिया लामो हुनेगरेको भन्दै सो प्रक्रिया सरल बनाउन पनि निर्वाच्न अधिकारी संग आग्रह गरे । यसैगरी जनता समाजबादी पार्टी (जसपा) बाट मेयरमा उम्मेदवारी दिएका कबिन्द्र ऐरले ठुला दलबाट आचारसंहिताको उल्लङ्घन हुनेगरेको भन्दै निर्वाचन आयोगलाई अनुगमन गर्न आग्रह गरेका छन् । ‘म निर्वाचन आचारसंहिताको पुर्ण पालना गर्ने प्रतिबद्धता जनाउद छु,’ उनले भने, ‘तर ठुला दल (नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्र) का उम्मेदवार र कार्यकर्ताबाट आचारसंहिताको उल्लङ्घन हुने क्रम बढिरहेको छ, त्यसको अनुगमन हुनु पर्द छ ।’ उनले निर्वाचन पछि मत गणना गर्ने स्थानको सुरक्षा महत्वपुर्ण हुने बताए । ‘अहिले धनगढी उप महानगरपालिकाको नवनिर्मत भवनमा मतगणना गर्ने भन्ने कुरा चलिरहेको छ,’ उनले भने, ‘तर त्यहाँ मतगणना गर्दा सवैले संकाको नजरबाट हेर्छन, त्यसको विकल्प खोजिनु पर्द छ ।’ यसैगरी धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका प्रभावकर भण्डारीले निर्वाचनलाई स्वच्छ बनाउन सवै निकाय आ–आफ्नो क्षेत्रबाट जिम्मेवार बन्नु पर्ने बताए । ‘उनले आचारसंहिताको उल्लङ्घन गर्नेलाई कारवाही हुनुपर्ने बताए । नागरिक उन्मुक्तिपार्टीका तर्फबाट मेयरमा उम्मेदवारी दिएका निमकुमार चौधरीले आफ्नो पार्टीलाई सुरक्षा चुनौती रहेको बताए । टिकापुर घटनालाई जोडेर अहिले पनि विभिन्न प्रकारका अफवाह फैलाइन थालिएको भन्दै उनले अफवाहका कारण आफुहरु असुरक्षित बनेको बताए । एसैगरी नेकपा एमालेबाट उप मेयरमा उम्मेदवारी दिएकी कन्दकला रानाले आचारसंहिताको पालना गर्ने प्रतिबद्धता जनाइन् । उनले निर्वाच प्रचार प्रसार गर्दा शान्तिपुर्ण रुपमा आफ्ना गतिबिधी सञ्चालन गर्ने गरेको बताइन् । यसैगरी गठबन्धन दलका तर्फबाट उपमेयरमा उम्मेदवारी दिएकी शान्ति अधिकारी क्षेत्रीले निर्वाचनलाई सफल बनाउन उममेदवारको भुमिका अहम हुने बताइन् । ‘उम्मेदवारले गर्ने गतिविधीले निर्वाचनलाई प्रत्यक्ष प्रभावित बनाएको हुन्छ,’ उनले भनिन्, ‘त्यसैले सवै उम्मेदवार संयम हुन जरुरी छ ।’ राष्ट्रिय प्रजानत्त्र पार्टीबाट उप मेयरमा उम्मेदवारी दिएका दुर्गादत्त पन्तले राजनीतिक दलबाट मात्र नभई कर्मचारीका कारण पनि आचारसंहिता उल्लङ्घन हुनेगरेको बताए । ‘कर्मचारी विच समन्वय नहुँदा कहिलेकाँही उम्मेदवारले दुःख पाइरहेका हुन्छन्,’ उनले भने, ‘जस्का कारण आचारसंहिता उल्लङ्घन हुने गरेका देखिन्छन्, यस प्रति सोच्नु पर्द छ ।’ कार्यक्रममा बोल्दै कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले निर्वाचनलाई स्वस्थ र शान्त बनाउन सवै जिम्मेवार हुनु पर्ने बताए । एउटाले आचारसंहिता उल्लङ्घन गर्दा अर्कोले हेरेर बस्न नहुने बताउँदै प्रमुख जिल्ला अधिकारीले नराम्रो कामको विरोध गरी सम्बन्धित निकायमा उजुरी दिन सवैलाई आग्रह गरे । उनले टिकापुर घटनाका सम्बन्धमा अहिले पनि सवै पक्षबाट विभिन्न तरिकाले अफवाह फैलाउने कार्य भइरहेको भन्दै त्यसता कार्य रोकिनुपर्ने बताए । निर्वाचन आयोग सुदूरपश्चिम प्रदेशका निमित्त प्रमुख प्रेमराज भट्टले निर्वाच प्रक्रिया लोकतन्त्रको सुन्दरपक्ष भएको भन्दै त्यसलाई सफल बनाउन सवै दलहरु जिम्मेवार बन्नु पर्ने बताए । नेपालमा लोकतनत्र पछि धेरै निर्वाचन सम्पन्न भएको बताउँदै उनले अव लोकतान्त्रिक पद्धतिको विकास गरी सभ्यताको उदाहरण दिनेवेला भएको बताए । कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले हाल सम्म सवै दलले शान्तिपुर्वक आफ्ना गतिविधि सञ्चालन गरेको बताए । उनले आगामी दिनमा पनि दलहरुबाट सहयोगको अपेक्षा गरिएको बताए । उनले मौन अवधिको पुर्ण पादना गर्दै मतगणनाका बेलापनि सौहाद्र रुपमा सम्पन्न गर्न सहयोग गर्न आग्रह गरे । खास गरी मतगणना गर्दा दलहरु विच हुने सहमति महत्वपुर्ण हुने बताउँदै प्रमुख निर्वाचन अधिकृत पनेरुले सवै दल विच पहिले देखिनै राम्रो सम्बन्ध भएमात्रै मतगणना गर्दा सहजता हुने बताए । उनले प्रदेश स्वास्थ्य तालिम केन्द्रको सभाहल सानो हुँदा धनगढी उप महानगरपालिकाको नव निर्मित भवनमा मत गणना गर्ने तयारी गरिएको बताए । ‘नयाँ भवनको निर्माण कार्य सम्पन्न भइ सेकेको तर हस्तान्तरण नभइसकेको स्थितीमा छ,’ उनले भने, ‘त्यहाँ ठाउँपनि प्रसस्त भएका कारण यस पटक सोही भवनमा मतगणना गर्ने योजना बनाइरहेका छौं, त्यसमा कुनै संका नमान्न उम्मेदवारलाई आग्रह गर्दछु ।’ कार्यक्रममा संवाद समुहका प्रदेश सहजकर्ता कर्ण शाहले सहजिकरण गरेका थिए ।