धनगढी पोष्ट
मङ्गलबार, २७ बैशाख २०७९ मा प्रकाशित
धनगढी । सोमबार गृह जिल्ला डडेल्धुरा पुगेका प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मतदान गरेर मात्रै काठमाडौं फर्किने भएका छन् ।
चुनावी सभामा सहभागी हुन देउवा अहिले गृहजिल्ला डडेलधुरामा पुगेका हुन् । ‘प्रधानमन्त्री अब मतदान गरेर मात्रै काठमाडौं फर्किनुहुन्छ,’ उनका प्रेस संयोजक गोविन्द परियारले भने । उनले आज सदरमुकाम बिहान साढे १० बजे अमरगढीको र दिउँसो २ बजे परशुराम नगरपालिकाको सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।