धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

वडाको समृद्धि, बिकास र शुसानकालागि उम्मेदवारी :विष्ट

वडाको समृद्धि, बिकास र शुसानकालागि उम्मेदवारी :विष्ट

धनगढी धनगढी को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका दानबहादुर विष्टले वडाको समृद्धि, बिकास शुसासनका लागि उम्मेदवारी दिएको बताएका छन्

उनले वडालाई सवैको साझा चौतारी बनाउन, गरिबको सहारा बनाउन, अन्यायमा परेका श्रमिकलाई न्याय दिलाउनका लागि स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् दलमा लाग्दा पार्टिको मान्छेलाई मात्रै अवसर दिनुपर्ने बाध्यता आउने देखियो, उनले भने, ‘पार्टीको निर्देशन मान्नु पर्दा जनताका आकांक्षा पुरा भइरहेका देखिदैनन्, त्यसैले मैले स्वतन्त्र उम्मेदवारी दिएर कसैको दबावमा नपरी निश्पक्ष तरिकाले नागरिकको सेवा गर्ने सोच बनाएको हुँ उनले आफुले चुनाव जितेमा आसेपासे तथा नाता गोता नर्हेर्ने वाचा गरेका छन्

वडामा हुने ठेक्का पट्टामा दाई भाई, नाता गोता, आसेपासेलाई हेर्ने छैन, उनले भने, ‘आएका अवसरलाई समान रुपमा प्रवाह गरी नागरिक मैतृ वडा बनाउने छु

विष्टले उम्मेदवारी फिर्ता लगेको भन्दै गलत प्रचार भएको बताएका छन् मैले उम्मेदवारी फिर्ता लगेको छैन, अध्यक्ष विष्टले भने, ‘मेरो उम्मेदवारी यथावत , मतदातालाई भ्रममा नपर्न आग्रह गर्दछु

उनले उम्मेदवारी फिर्ता गर्न भन्दै ठुलो आर्थिक प्रलोभन देखाएको, डर त्रासर देखाएको भएपनि आफु आफ्नो स्वाभिमानमा अडिक रहेको समेत बताएका छन् उम्मेदवारी फिता गरे लाखौं पैसा दिन्छु भन्दै केही व्यक्ति घरमै पुगेका थिए, उनले भने, ‘मैले त्यसता कुरा स्वीकारेन, त्यसपछि डर धम्कि पनि देखाएर विचलित भएन, अहिले विभिन्न अफवाह फैलाउने काम भइरहेको , त्यसता अफवाहका पछि नलाग्न मतदातालाई आग्रह गर्न चाहन्छु

उनले आफ्नो उम्मेदवारी कुनैपनि हालतमा फिर्ता नहुने चुनाव जीतेर देखाउने दावि समेत गरेका छन् धनगढीको मेयरमा उम्मेदवारी दिएका गोपाल हमाल लगायत सम्पूर्ण स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको भन्दै नेपाली काँग्रेसका कार्यकर्ताले झुटो हल्ला फैलाएको आरोप

कोहुन दानबहादुर विष्ट <

विपन्न परिवारमा हुर्केका विष्ट धनगढी बोरोडाँको शिवनगर टोलमा बस्दै आएका छन् सानै उम्मेर देखि निस्वार्थ रुपमा सामाजिक सेवामा लागेका विष्टलाई वडा वासीले इमान्दार व्यक्तिमा रुपमा चिन्ने गर्दछन् उनले वडाभरी निष्पक्ष इमान्दार व्यक्तिको छबि समेत बनाएका छन्

किशोरा अवस्थामै उनि धनगढी मै रहेको त्रिभुवन माध्यामिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएका थिए विद्यालय व्यवस्थापन समितिमा उनको काम अहिले सम्मकै उत्कृष्ठ मानिएको

उनि सानै उम्मेरमा डिलाशैनि, शिवमन्दिर सामुदायिक वनको अध्यक्ष समेत बनेका थिए उनि अध्यक्ष हुन अघि तिब्र फडानीका कारण उजाड बनेको सो सामुदायिक वनलाई उनले हराभरा बनाउँन सफल भएका थिए उनले छाडेपछि फेरी सामुदायिक वनको अवस्था दयनिय बनेको थियो

तर पछिल्लो बर्ष यता फेरी विष्ट सामुदायिक बनेको अध्यक्ष रहेका छन् उनि अध्यक्ष भएपछि अहिले सामुदायिक वनको कटानी पुर्ण रुपमा रोकिएको विष्ट अध्यक्ष भएपछि सामुदायिक वनबाट आम नागरिकले समेत सहज सेवा प्राप्त गर्न पाएको भन्दै सन्तुष्टि जनाइरहेका छन्

सामाजिक काममा निस्वार्थ खटिने विष्टको आर्थिक अवस्था अहिले पनि न्युन उनका दम्पति वेत बाासका फर्निचरका सामाग्री निर्माण गरी त्यसबाट आर्जेको रकमबाट दैनिकी चलाउँदै आएका छन् आर्थिक पारदर्शिता विष्टको सवै भन्दा बलियो पक्ष मानिन्छ विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुँदा होस् वा सामुदायिक वनको अध्यक्ष हुँदा उनि आर्थिक प्रलोभनमा परेनन् आफुले नेतृत्व गरेका संस्थामा उनले अरुलाई पनि भ्रष्टाचार गर्न दिएनन्

चुनावमा पनि उनले आर्थिक प्रलोभन कसैलाई नदिएको बताएका छन् आफ्नो योजना जनतामा सुनाउँदै भोट माग्ने गरेको उनले सुनाए उनले आफ्नो सामाजिक सञ्जालमै त्यसको झलको दिने स्टाटस राखेका छन्

जस्मा उनले लेखेका छन्, ‘दुई चार बोतल दारु खुवाउने पैसा मसंग छैन, तर पनि मेरो पक्षमा हजारौं नागरिक निस्वार्थ भावनाले लागेको पाए, उहाँहरुको आसा भरोसा कहिल्यैं टुट्न दिने छैन, बरु चुनाव जितेमा रक्सिको सट्टा घरघरमा  निशुल्क खानेपनि पिलाउने प्रण गर्दछु