धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

३० बर्ष निरन्तर राजनीति, छैन कुनै आछेप, सवैका प्रिय भएर पाए निर्बिरोध टिकट

३० बर्ष निरन्तर राजनीति, छैन कुनै आछेप, सवैका प्रिय भएर पाए निर्बिरोध टिकट

धनगढी कसैलाई विभेद गर्न नजान्ने, समान व्यवहार गर्ने, राजनीतिक शिद्धान्तलाई दृढताका साथ पालना गर्ने, आफुले पाएको जिम्मेवारीलाई प्रश्न गर्ने ठाउँनै नराखि पुरा गर्ने धनगढी मा बस्ने रणबहादुर चन्दले ३० बर्ष सम्म राजनीतिक यात्रा गर्दा पाएका उपाधी हुन माथीका शब्दहरु हो राजनीतिमा लाग्दा एउटा व्यक्तिले जनाताबाट नै हो उपाधी पाउने राम्रो गर्ने नेतालाई जनताले मेडल दिन्छन् भने नराम्रो गर्नेलाई सजाय दिने पनि जनतानै हुन्

नेकपा एमालेमा रहँदै ३० बर्ष सम्म निरन्तर राजनीति गरेका रणबहादुर चन्द अहिले सम्म जनताको नजरमा हिरो छन् उनलाई चिन्ने जो कोहीले उनलाई राजनीतिकोयुधिष्टिर का रुपमा चिन्ने गरेका छन् कसैलाई नराम्रो व्यवहार नगर्ने, सवैको सम्मान गर्ने, झर्केर नबोल्ने, स्पष्ट विचार भएका चन्द सधै सकारात्मक सोचका साथ अघि बढ्ने गर्दछन् ३० बर्ष सम्म राजनीति गर्दा जनताबाटगोल्डेन मेडल प्राप्त गरेका चन्द बैशाख ३० गते फेरी जनताबाट उपाधी पाउने विश्वासका साथ चुनावि मैदानमा उत्रेका छन्

३० बर्ष सम्म निरन्तर राजनीतिमा लाग्दा कुनै अवसर नपाएर पनि आफ्नो विचारमा अडिग भएर बसेका चन्द जसतो सुकै परिस्थितीमा पनि नहिच्किचाएर संकटको सामना गर्ने सामथ्र्ये भएका नेताका रुपमा परिचित छन्

उनको यही प्रवृतिका कारण यस पटक उनले धनगढी उपमहानगरपालिकाको मेयर पदका लागि एमालेबाट सर्ब सम्मत टिकट पाए उम्मेदवारी दिएका छन् चन्दले मेयरको टिकटका लागि खासै लबिङ गरेका थिएन तर स्थानीय स्तरका प्राय जसो सबै नेताहरुको जोडबलमा चन्दले टिकट पाए

४३ वर्षीय चन्द वि..२०३६ सालको बैशाखमा बैतडीको साविक सलेना गाविसको बाकोट अहिलेको मेलौली नगरपालिका मा सामान्य परिवारमा जन्मिएका हुन्

अध्ययनका क्रममा बैतडीबाट धनगढी झरेका उनले  विद्यार्थीकालदेखि नै एमालेको राजनीति शुरु गरेका थिए मानवीकी संकायमा स्नातक तह सम्मको अध्ययन गरेका चन्दको राजनीतिक यात्रा धनगढीको पञ्चोदय माध्यमिक विद्यालयबाट शुरु भएको हो   चन्दको ३० वर्षे राजनीतिक यात्रा उनी पहिलो पटक २०५० सालमा पञ्चोदयको विद्यालय कमिटि सदस्य भए

२०५२ सालमा कैलाली बहुमुखी क्याम्पसको प्रारम्भीक कमिटि सदस्य बनेका चन्द दुई वर्षमै २०५४ सालमा क्याम्पस कमिटिको अध्यक्ष बनेर काम गरे अनेरास्ववीयुकै राजनीतिमा जिल्ला कमिटि सदस्य, सचिव, अध्यक्ष हुँदै केन्द्रीय सदस्यका रुपमा समेत काम गरेको अनुभव चन्दसँग

२०५८ सालमा पार्टीको धनगढी नगर कमिटि सदस्य बनेका उनले उपसचिव सचिवका रुपमा पनि काम गरे भने लगत्तै जिल्ला कमिटि सदस्य बनेका थिए एमालेको सातौँ जिल्ला अधिवेशनबाट चन्द कैलाली जिल्ला कमिटि सचिवमा विजयी भएर करीब वर्षसम्म कुशलता पूर्वक जिम्मेवारी निभाए

माओवादी केन्द्र एमाले पार्टी एकीकरण भएर बनेको नेकपामा पनि उनले सचिवकै जिम्मेवारी पाए नेकपाकालमा पार्टीको केन्द्रीय सदस्य जिल्ला कमिटि उपाध्यक्षका रुपमा काम गरेको अनुभव पनि उनीसँग तर गत पुषमा सम्पन्न भएको एमालेको जिल्ला अधिवेशनमा भने चन्द अध्यक्षमा मतले पराजीत भएका थिए

एमालेको ३० वर्षे राजनीतिमा निश्कलंक पात्रको छवि बनाएका उनले विभिन्न संघसंस्थामा आवद्ध भएर पनि काम गरिसकेका छन् कैलालीको राजनीतिक वृत्तमा चन्दले सालिन, भद्र, इमानदार निश्कलंकीत नेताको छवि बनाएका छन् सामाजिक संघसंस्थाको आवद्धता हालसम्म कुनै लाभको पदमा नबसेका चन्द २०६३ देखि २०६८ सालसम्म तत्कालीन धनगढी नगरपालिकाको राजनीतिक संयन्त्रमा बसेर काम गरेका थिए २०६८ सालपछि करीब दुई वर्ष पार्टीको तर्फबाट जिल्ला विकास

समितिमा पनि राजनीतिक संयन्त्रमा बसेका थिए नेपाल रेडक्रस सोसाइटी, कैलाली जनपुस्तकालय, नवजीवन सहरकारी, नेत्र ज्योती संघ जस्ता दर्जन बढि संघसंस्थामा पनि काम गरेको अनुभव चन्दको यी संघसंस्थामा काम गर्ने दौरानमा समेत उनी कहिल्यै पनि विवादमा आएनन्

चन्दले छिमेकी भारत चिनको औपचारिक भ्रमण पनि गरिसकेका छन् स्वच्छ इमानदार छवि भएकै कारण चन्दलाई नेकपा एमालेले धनगढी उपमहानगरपालिकाको मेयर पदमा टिकट दिएको नेताहरु बताउँछन्

अहिले नेकपा एमाले पार्टीभित्रको आन्तरिक एकता बलियो हुनु, धनगढीमै ३० वर्षे राजनीतिक विरासत हुनु, व्यक्तिगत मत राम्रो हुनु, उपमेयरकी उम्मेदवार कन्दकला रानाका कारण रानाथारु समुदायको मत तान्नु, क्षेत्रगत मतमा बलियो पक्कड हुनु जस्ता कुरा चन्दको अनुकुल मानिएका छन् उनले असफल भइसकेका राजनीतिक धरातल नभएका उम्मेदवारको विकल्प आफू भएको भन्दै मत मागिरहेका छन्