धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

निर्वाचन आयोगले सोध्यो आरजु राणालाई स्पष्टीकरण

निर्वाचन आयोगले सोध्यो आरजु राणालाई स्पष्टीकरण

काठमाडौँ  नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणालाई   निर्वाचन आयोगले निर्वाचन प्रचारका क्रममा व्यक्त गरेको बिचमरका बारेमा स्पष्टीकरण सोधेको धनगढी उपमहानगरपालिकामा आयोजित कार्यक्रममा मतदातालाई आर्थिक प्रलोभन देखाउने किसिमको अभिव्यक्ति दिएको भन्दै आयोगले बुधबार नेतृ राणालाई स्पष्टीकरण सोधेको हो

कैलालीमा आयोजित एक कार्यक्रममा मतदातालाई आर्थिक प्रलोभन देखिएको गठबन्धनका उम्मेदवारलाई जिताए त्यहाँका ४।५ जनालाई निःशुल्क रुपमा भिसा टिकट उपलब्ध गराइदिने भनी प्रलोभन देखिएको भन्दै बुधबार नेपाली कांग्रेस (बीपी)ले राणा विरुद्ध आयोगमा उजुरी दर्ता गराएका थिए

उक्त उजुरीका आधारमा आयोगले नेतृ राणालाई २४ घण्टे स्पष्टीकरण सोधेको हो

यहाँले बोल्नुु भएको विषय संविधान सम्मत , छैन ? तपाईंले बोल्नु भएको विषयले बालिगको स्वतन्त्र रुपमा मतदान गर्न पाउने हकलाई संकुचन गर्छ गर्दैन ? तपाईंले नेपाली कांग्रेसको नेताको हैसियतमा यस किसिमका अभिव्यक्ति दिन मिल्छ, मिल्दैन ? यो पत्र प्राप्त भएको समयले चौबीस घण्टाभित्र आयोगमा प्राप्त हुने गरी स्पष्ट जवाफ पेश गर्नहुन निर्णयानुसार अनुरोध ‚’ आयोगले पठाएको पत्रमा भनिएको