धनगढी पोष्ट
शनिबार, ३१ बैशाख २०७९ मा प्रकाशित
डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ मा नेपाली कांग्रेस (बीपी) ले नेपाली कांग्रेसलाई पराजित गरेको छ ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको वडा समेत रहेको १ मा कांग्रेस (बीपी) ले १२९ मतले कांग्रेसका उम्मेदवारलाई पराजित गरेको हो ।
‘करुवा’ चुनाव चिन्ह कांग्रेस बीपीका नरेश भण्डारीले ६७३ मत प्राप्त गर्दा कांग्रेसका चन्द्र देउवाले ५४४ मत प्राप्त गरेका छन् ।
कांग्रेसबाट निस्काशित कर्ण मल्ल समूहले बीपी कांग्रेसको करुवा चुनाव चिन्ह लिएर कांग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ । डडेल्धुरामा करुवा र नेकपा (एमाले) बीच चुनावी तालमेल समेत रहेको छ ।