धनगढी पोष्ट सोमबार, ०६ असोज २०८३   September 21, 2026

डोटीका ३ वडामा एमाले  र २ वडामा काँग्रेस बिजयी

डोटी  डोटी जिल्लाका बिभिन्न गाउँपालिकाका तीन वटा वडामा नेकपा एमाले दुई वडामा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन्

मुख्य निर्वाचन कार्यालय डोटीका अनुसार आदर्श गाउँपालिका मा नेपाली कांग्रेसका उमेदवार लाल बहादुर विष्ट, बडीकेदार गाउँपालिका मा कांग्रेसकै उमेदवार राम बहादुर गुरुङ्ग विजयी भएका हुन्

त्यस्तै, बोगटान फुड्सिल गाउँपालिका मा नेकपा (एमाले) का उमेदवार खेमबहादुर घर्तीमगर, जोरायल गाउँपालिका मा एमालेकै उमेदवार जगत बहादुर मल्ल विजयी भएका छन् बडीकेदार गाउँपालिका मा एमाले उमेदवार पदम सिंह बोहरा विजयी भएका छन् सबै वडा अध्यक्षहरु प्यानल सहित विजयी भएका हुन्

नौ स्थानीय तह रहेको डोटी जिल्लामा बिभिन्न राजनितिक दल स्वतन्त्र गरेर प्रमुख पदमा ३६ जना उपप्रमुख पदमा २९ जना चुनावी मैदानमा छन् जिल्लाका आदर्श, बोगटान फुड्सिल, बडीकेदार, जोरायल पुर्वीचौकी गाउँपालिकामा मतगणना भइरहेको


ट्रेन्डिङ