धनगढी पोष्ट
आइतबार, ०१ जेठ २०७९ मा प्रकाशित
धनगढी । वझाङको थलारा गाउँपालिको अध्यक्ष पद र्एमालले जीतेको छ । सो पालिकामा एमालेका प्रकाश रोकाया विजयी भएका छन् ।
थलारा गाउँपालिकामा तीन दलिय गठटबन्धन गरिक्एो थियो । सो गठबन्धनबाट एकीकृत समाजवादीका विनोद थापा उम्मेदवार बनेका थिए । तर उनका विरुद्ध काँग्रेसका कार्यकर्ताले उम्मेदवारी दिएका थिए ।
रोकाया २ हजार ७७४ मतका साथ गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् । रोकायाका निटकतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कुलराज जोशीले २ हजार १ सय १३ र गठबन्धनका उम्मेदवार विनोद थापाले १२ सय ३ मत प्राप्त गरेका छन् ।
थलारा पाउँपालिकाको उपप्रमुखमा भने गठबन्धनबाट नेपाली कांग्रेसका राम खाती ३१ सय ५० मत ल्याएर विजयी भएका छन् । उनकी प्रतिस्पर्धी एमालेकी मीरा रावलले २५ सय ८७ मत ल्याइन् ।
सो पालिकाको वडा नम्बर– १ मा माओवादीका रवीन्द्र जोशी, २ मा एमालेका रवीन्द्र खाती, ३ मा माओवादीका प्रकाश भण्डारी, ४ मा कांग्रेसका रामचन्द्र जोशी, ५ मा कांग्रेसका नरबहादुर खाती, ६ मा नेकपा एसका अनिलकुमार विष्ट विजयी भएथिए । यस्तै, वडा नम्बर ७ मा एमालेका किस्ने सार्की र ८ मा एमालेका कविराज जोशी निर्वाचित भएका छन् ।