धनगढी पोष्ट बुधबार, ०६ फागुन २०८२   February 18, 2026

अपीहिमालको अध्यक्षमा माओबादी र उपाध्यक्षमा कांग्रेस विजयी

अपीहिमालको अध्यक्षमा माओबादी र उपाध्यक्षमा कांग्रेस विजयी

धनगढी दार्चुलाको अपी हिमाल गाउँपालिकामा नोकपा माओबादी केन्द्रले अध्यक्ष पद जीतेको , भने नेपाली कांग्रेसले उपाध्यक्ष पद जीतेको सो पालिकामा कांग्रेस माओबादी विच चुनावि तालमेत समेत भएको थियो

गाउँपालिका अध्यक्षमा सत्तारुढ गठबन्धनबाट नेकपा -माओवादी केन्द्रका उम्मेदवार भगतसिंह ठेकरे (बोहरा) निर्वाचित भएका छन् उपाध्यक्षमा गठबन्धनकै उम्मेदवार कांग्रेसकी देवकीदेवी बोहरा निर्वाचित भएकी छन् अपीहिमाल गाउँपालिकामा आइतबार साढे १२ बजे मतगणना सकिएको थियो

मतगणना परिणाम अनुसार ठेकरेले हजार सय भोट प्राप्त गरेका छन् वीजयी ठेकरेले प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार धर्मानन्दसिंह मन्याललाई ९१९ मतान्तरले पराजित गरेका हुन् पराजित मन्यालले हजार सय ८५ मत ल्याएका छन्

उनी २०७४ सालमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए भने ठेकरे पराजित बनेका थिए उपाध्यक्ष निर्वाचित देवकीदेवी बोहराले हजार २७ मत ल्याएकी छन् उनकी प्रतिद्वन्द्वी एमालेकी उर्मिला बोहराले हजार सय ९१ मत ल्याएकी थिइन्