धनगढी पोष्ट
सोमबार, ०२ जेठ २०७९ मा प्रकाशित
धनगढी । दार्चुलाको मालिकार्जुन गाउँपालिका अध्यक्ष एमालले जित्दा उपाध्यक्ष माओबादी केन्द्रले जितेको छ । मालिकार्जुनको अध्यक्षमा नेकपा एमालेका हिरासिंह धामी निर्वाचित हुँदा उपाध्यक्षमा माओबादीका मल्यानसिंह धामी विजयी भए ।
अध्यक्षमा एमालेका हिरासिंह धामीले ४ हजार ३४ मत ल्याएर धामी निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका नरेन्द्र सिंह धामीले ३ हजार ३ सय २२ मत ल्याएका छन् ।
उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रका कल्यानसिंह धामी निर्वाचित भएका छन् । ३ हजार ५ सय ६६ मत ल्याएर उनी निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेकी गौमती भट्टले ३ हजार ३ सय २२ मत ल्याएकी छन् ।