धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

चुरे गाउँपालिका अध्यक्षमा एमाले र उाध्यक्षमा कांगे्रस विजयी

चुरे गाउँपालिका अध्यक्षमा एमाले र उाध्यक्षमा कांगे्रस विजयी

धनगढी कैलालीको चुरे गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् भने उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् चुरे गाउँपालिकामा सत्तारुढ पाँच दलको समर्थन पाएका नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई पराजित गर्दै एमालेका चक्रबहादुर बोगटी २४ मतको झिनो मत अन्तरले निर्वाचित भएका हुन्

बोगटीले तीन हजार ३०५ मत पाएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दि नेकपा एकीकृत समाजवादीका लोकबहादुर सारुमगरले तीन हजार २८१ मत ल्याएर पराजीत भए

चुरेको उपाध्यक्षमा भने गठबन्धनबाट नेपाली कांग्रेसकी धना थापा निर्वाचित भएकी छन् थापाले तीन हजार सय ४९ मत ल्याएर विजयी हुँदा प्रतिद्वन्द्वी एमालेकी दीपादेवी साउदले तीन हजार १२१ मत पाएकी छन्

त्यसैगरी वटा वडा रहेको यो गाउँपालिकामा वडा नम्बर मा नेपाली कांग्रेसले वडाध्यक्ष अन्य सबै वडामा नेकपा एमालेका वडाध्यक्ष विजयी भएका छन्