धनगढी पोष्ट
सोमबार, ०२ जेठ २०७९ मा प्रकाशित
धनगढी । सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर निरन्तर बढाउन थालेका छन् । सोमबार सम्म धनगढीमा १० हजार ३२९ मत गणना गर्दा गोपाल हमाल नृपबहादुर वड भन्दा २११० मतले अगाडी देखिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले दिएको जानकारी अनुसार हमालले ४ हजार ५३८ मत पाएका छन् ।
यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले २ हजार ४२८, नेकपा एमालेका रणबहादुर चन्दले ११४० मत पाएका छन् । यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले २ हजार १३८, एमालेकी कन्दकला रानाले १ हजार ९३८ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार २५६ मत पाएका छन् ।
मतगणना शनिबार साढे १२ बजेदेखि सुरु भएको थियो । शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए । उपमहानगरमा ९७ जना जनप्रतिनिधि चुन्नका लागि मतदान भएको हो ।