धनगढी पोष्ट
सोमबार, ०२ जेठ २०७९ मा प्रकाशित
धनगढी । बझाङको बुंगल नगरपालिकामा नेपाली कांग्रेसले मेयर पद जित्दा नेकपा माओबादी केन्द्रले उप मेयर पद जितेको छ । बुङ्गलको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार जयबहादुर धामी निर्वाचित भएका छन् ।
उनले ७ हजार ६ सय १५ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धनदेवी कुँवरले ३ हजार २७१ मत ल्याएकी थिइन् ।
यस्तै उपमेयरमा नेकपा एकीकृत समाजवादीका धनबहादुर बोहरा निर्वाचित भएका छन् । उनले ६ हजार ६४६ मत ल्याएका छन् । एमालेका उम्मेदवार अम्मराज जोशीले २ हजार ९३२ मत प्राप्त गरेका थिए । ११ वडा रहेको बुङ्गल नगरपालिकामा ८ वडामा गठबन्धन विजयी भएको छ भने ३ वडामा स्वतन्त्रले जितेका छन् ।