धनगढी पोष्ट
मङ्गलबार, ०३ जेठ २०७९ मा प्रकाशित
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा शनिबारदेखि सुरु भएको मतगणना जारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मंगलबारसम्म १५ हजार ४३७ मतगणना भएको छ ।
बिहान १० बजे सार्वजनिक गरिएको विवरणअनुसार मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता फराकिलो बनाउँदै लगेका छन् । उनले ६ हजार ८४१ मत पाएका छन् । यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ३ हजार ५५४ र नेकपा एमालेका रणबहादुर चन्दले १ हजार ८०७ मत पाएका छन् ।
हमाल र वडबीच ३ हजार २८७ मतको अन्तर छ । मेयर पदमा ३ हजार ७४ मत बदर भएको छ । यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ३ हजार ११३ मतका साथ लिड गरिरहेकी छिन् । एमालेकी कन्दकला रानाले ३ हजार ४९ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार ६८६ मत पाएका छन् । उपमेयरमा ६ हजार २९२ मत बदर भएको छ ।