धनगढी पोष्ट सोमबार, ०८ बैशाख २०८२   April 21, 2025

जगन्नाथ गाउँपालिका अध्यक्षमा एमालेका शाही विजयी

जगन्नाथ गाउँपालिका अध्यक्षमा एमालेका शाही विजयी

धनगढी बाजुराको जगन्नाथ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कालीबहादुर शाही विजयी भएका छन् उनी २३१९ मत ल्याएर विजयी भएका हुन्

शाहीका प्रतिस्पर्धी नेपाली काँग्रेसका सुन्दर विष्टले १८७० मत ल्याए शाही २०७४ को स्थानीय तह निर्वाचनमा पनि पालिका अध्यक्षमा निर्वाचित भएका थिए उनले काँग्रेसका विष्टलाई दोस्रो पटक पराजित गरेका हुन्

पालिकामा काँग्रेस, माओवादी केन्द्र एकीकृत समाजवादीले गठबन्धन गरेका थिए उपाध्यक्षमा पनि एमालेकी मरुकला विष्ट बिजयी भएकी छिन् उनी २१८३ मत ल्याएर विजयी भएकी हुन् उनका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट समाजवादीका धर्मबहादुर शाहीले १६८० मत ल्याए