धनगढी पोष्ट
बिहिबार, ०५ जेठ २०७९ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक मन्त्रीको स्वास्थ्य सल्लाहकारमा डाक्टर प्रदिप मिश्रलाई नियुक्त गरिएको छ । प्रदेशका सामाजिक बिकास मन्त्री गोबिन्द बोहराको स्वास्थ्य सल्लाहकारका लागि डा. मिश्रलाई जिम्मेवारी दिइएको छ ।
स्वास्थ्य सल्लाहकारको जिम्मेवारी पाएका मिश्रले स्वास्थ्य सम्बन्धी नीति निर्माण तथा योजना तर्जुमा लगायतका कार्यमा मन्त्रीलाई आवश्यक सुझाव सल्लाह दिने छन् । सामाजिक विकास मन्त्रालयले प्रदेशको स्वास्थ्य सेवालाई समेत हुर्ने हुँदा मिश्रले स्वास्थ्य सम्बन्धी समस्या आउँदा पनि मन्त्रीलाई आवश्यकरोय दिने छन् ।
सामाजिक बिकास मन्त्रीका निजि सचिव एवम् अस्पताल बिकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख डा. चेतराज जोशीका अनुसार सामाजिक विकास मन्त्री गोविन्द बोहराको निर्णय अनुसार मिश्रलाई जिम्मेवारी दिइएको हो ।