धनगढी पोष्ट
शुक्रबार, ०६ जेठ २०७९ मा प्रकाशित
धनगढी । कैलालीको मोहन्याल गाउँपालिकाका नवनिर्वाचित अध्यक्षको सपथ रोक्न निर्वाचन आयोगले निर्देशन दिएको छ । मोहन्याल गाउँपालिकामा नेकपा माओबादी केन्द्रका तर्फबाट उम्मेदवारी दिएका देवीदत्त उपाध्याय निर्वापचत भएका थिए । कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुका अनुसार अर्को निर्णय नभएसम्मका लागि उनको सपथ रोकिएको छ ।
नवनिर्वाचित अध्यक्ष उपाध्यायविरुद्ध विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी मुद्दा विचाराधीन रहेको छ । तत्कालीन वडा नम्बर २ को वडाध्यक्ष रहेका बेला उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको थियो । यस्तै नेपाली कांग्रेसबाट वडा नम्बर ३ को वडाध्यक्षमा निर्वाचित नन्दराम गिरीविरुद्ध पनि भ्रष्टाचार सम्बन्धी मुद्दा पनि अदालतमा विचाराधीन छ । भ्रष्टाचारको मुद्दा विचाराधीन भएकाहरु जनप्रतिनिधि चुनिएपछि सपथ के गर्ने भन्ने अन्योल थियो ।