धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024
धनगढीका मेयरको पहिलो निर्णण्

धनगढीको पञ्च बर्षीय योजना निर्माण गर्ने मेयर हमालको पहिलो निर्णय

पञ्च बर्षीय योजना बनाउने गत बर्षको नगरसभाको निर्णयको अपनत्व स्वीकार गर्दै  आवधिक योजना निर्माण गरेर  बिकासको मोडले तयार पार्ने पहिलो निर्णय हमालले गरेका हुन् ।

धनगढीको  पञ्च बर्षीय योजना निर्माण गर्ने मेयर हमालको पहिलो निर्णय
बटुकहरुबाट स्वस्ती वाचनपछि धनगढीका मेयर गोपाल हमालले पदभार ग्रहण गरेका हुन्

धनगढी .  धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले धनगढीको पञ्च बर्षीय योजना बनाउने निर्णय गरेका छन   पदभार ग्रहण गरेपछि मेयर हमालले धनगढीलाई योजनाबद्ध बिकासमा अघि बढाउन आवश्यक भएको भन्दै पञ्च वर्षीय योजना निर्माण गर्ने गत बर्षको धनगढीको नगर सभाको निर्णयको अपनत्व ग्रहण गरेका हुन्

   धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले धनगढी  नगर सभाले पारित गरिसकेको  पञ्च वर्षीय याजना निर्माण गर्ने निर्णयलाई नवनिर्वाचित मेयर हमालले अपनत्व स्वीकार गरेर योजना अघि बढाउने निर्णय गरेको बताए

गत बर्षको नगर सभाले पञ्च बर्षीय योजना निर्माण गर्ने निर्णय गरिसकेको तर योजना निर्माणको काम अघि बढ्न सकेको छैन प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले भनेबर्तमान मेयर हमालले गत नगरसभाको निर्णयको अपनत्व स्वीकार गरेर योजना निर्माण गरेर बिकासको मोडले तयार पार्ने पहिलो निर्णय गर्नु भएको

  गत बर्ष भएको धनगढी उपमहानगरपालिकाका सभाले धनगढीको पञ्च बर्षीययोजना निर्माण गर्ने निर्णय गरेको निर्णय कार्यान्वयन  गर्नका  लागि दश लाख रुपैया बजेट बिनियोजन पनि गरिएको तर पञ्च बर्षीय योजना निर्माणको काम शुरु हुन सकेको छैन

   प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले पेश गरेको प्रस्तावलाई मेयर हमालले सदर गरेका हुन्   ‘सिमित साधन श्रोत साधनलाई प्रभावकारी ढंगबाट परिचालन गरि  लक्ष्य हासिल गर्ने उदेश्यका साथ  योजनाबद्ध बिकासको थालनी गर्न आगामी आव २०७९।२०८० देखि २०८३।२०८४ सम्मको पहिलो पञ्च बर्षीय आवधिक योजना  बनाइ कार्यान्वयनमा लैजान मेयर हमालले सदर गरेको प्रस्तावमा  भएिको स्थानीय सरकार सँचालन ऐन २०७४ मा भएको व्यवस्थालाई दृष्टिगत गरि आवश्यक प्रकृयागत काम कारवाही चालु आवबाटै अघि बढाउन यसका  लागि चालु आवको लागि पुग्ने बजेट बिनियोजन भैसकेकोले  सो कार्य गर्न मुनासिब देखिएको

  प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले अब पञ्च बर्षीय योजनाका लागि  टीओआर बनाउने   बिज्ञ व्यक्तिहरुको छनौटको कार्य शुरु गरिने बताए पञ्च बर्षीय योजना  निर्माण गर्दा वडा तहमा समेत व्यापक छलफल गरिने

   धनगढी उपमहानगरपालिकामा बिषयगत आवधिक योजनाहरु रहे पनि उमहानगरपालिकाको आवधिक बिकास योजना थिएन   ‘आवधिक बिकास योजना बिकास प्रशासनको प्रमुख आधार स्तम्भ हो   प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले भनेआवधिक योजना बनिसकेपछि सबै  बार्षिक योजनाहरु त्यसै आवधिक योजनाका आधारमा आउँछन्

 आवधिक योजनाले उपहानगरपालिका कहाँ कहाँ पुग्न खोजेको भन्ने स्पष्ट पार्ने बताउँदै श्रेष्ठले सबै योजनाहरु आवधिक योजनाको लक्ष्य प्राप्त हुने गरि छनौट गरिने बताए

  धनगढी उपमहागरपालिकाको मेयरमा निर्वाचित भएका हमालले सोमबार नै  कैलाली जिल्ला अदालतका मुख्य न्यायाधिश जयानन्द पनेरुबाट पद तथा गोपनियताको सपथ लिएका हुन   सपथ लिइसकेपछि उपमहागरपालिका पुगेर हमालले पदभार ग्रहण गर्दै  पञ्च बर्षीय योजना निर्माण गर्ने नगर सभाको निर्णयको अपनत्व ग्रहण गरेका हुन् मेयर हमालले उपमेयर कन्दकला कुमारी राना, कार्यपालिकाका सदस्यहरु, वडाका सदस्यहरुको पनि सपथ ग्रहण गराएका हुन्