धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

कैलालीमा २ महिला उप प्रमुख घटे

कैलालीमा २ महिला उप प्रमुख घटे

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका प्रमुखका रुपमा शुशीला शाही विजयी भएकिछन् । नेपाली कांग्रेसबाट उम्मेदवारी पाएकी उनले नगरका निवर्तमान मेयर महादेव बज्गाईलाई पराजीत गर्दै जिल्लाकै एक्लो पालिका प्रमख बन्न पुगिन् । महिलाका लागि २०७४ भन्दा यस पटक प्रमुख पद पाउनु शुखद् हो ।
तर उप प्रमुख पदमा भने कैलालीमा महिला संख्या २०७४ को तुलनामा घटेको छ । यस पटक ५ दलिय शत्तारुढ गठबन्धन विच चुनावि तालमेल हुँदा भागबण्डा मिलाउने चक्करमा महिला अधिकार कुण्ठित भएको छ । दलिय स्वार्थका कारण कैलालीको गौरिगंगा नगरपालिका र टिकापुर नगरपालिका प्रमुख र उप प्रमुख दुवै पद्मा पुरुष विजयी भएका छन् । नेपालको संविधान २०७४ ले नै राज्य संरचनामा प्रमुख  वा उप प्रमुख मध्य एउटा सिटमा अनिवार्य महिला हुनुपर्ने व्यवस्था गरेको छ ।
नेपालको संविधानको धारा ९१ र ९२ अनुसार गाउँपालिका र नगरपालिका प्रमुख वा उपप्रमुख मध्ये एकजना महिला हुन पर्ने । स्थानीय तहका गाउँपालिका र नगरपालिकाका वडा समितिमा रहने पाँच जना सदस्य (वडाध्यक्ष र सदस्य) मध्ये कम्तीमा २ जना महिला सदस्य हुनु पर्नेछ । संविधानको धारा २२२ (३) उपधारा (१) बमोजिम गठन हुने गाउँ सभामा प्रत्येक वडाबाट कम्महिलाको प्रतिनिधित्व हुनेछ । यसै गरी धारा २२३ (३) उपधारा (१) हुने नगरसभामा प्रत्येकवडा बाट कम्तीमा २ जना महिलाको प्रतिनिधित्व हुने व्यवस्था गरेको छ ।
तर कैलालीको गौरिगंगा नगरपालिकामा भने नगर प्रमुखमा नेकपा माओबादी केन्द्रका तर्फबाट उम्मेदवार बनेका देविदत्त कडेल प्रमुख पदमा विजयी हुँदा नेपाली कांग्रेसबाट उप प्रमुख पदमा उम्मेदवार बनेका  भोज बहादुर बम जिवयी भए । गौरिगंगा नगरपालिकामा नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र र नेकपा एकिकृत समाजबादी पार्टी विच चुनावि तालमेल भएको थियो । चुनावि तालमेल गरेका पार्टीले उप मेयरमा महिलालाई स्थान दिन सकेनन् । गौरिगंगामा संविधानमै सुरक्षित महिलाको राजनीतिक अधिकार गुमेको छ । 
यसैगरी कैलालीको टिकापुर नगरपालिकामा पनि संविधानको मर्म विपरित प्रमुख र उप–प्रमुख दुवै पदमा पुरुष उम्मेदवार विजयी भएका छन् । टिकापुरको मेयरमा नागरिक उन्मुक्रि पार्टीबाट उम्मेदवार बनेका रामलाल डगौरा थारु विजयी हुँदा उप–प्रमुखमा पनि गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका खडकबहादुर शाह विजयी भएका छन् । 
कैलालीको लम्कीचुहा नगरपालिकामा भने प्रमुख र उप प्रमसख दुवै पदमा महिला नेतृ विजयी भएका छन् । लम्कीको मेयरमा कांग्रेसबाट उम्मेदवार बनेकी शुशीला शाही विजयी हुँदा उप प्रमुखमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेकी जुना चौधरी विजयी भएकिहुन् ।
कैलालीका १ सय १६ वडा मध्य ४ वडामा मात्रै महिला वडा अध्यक्ष बनेका छन् । १ सय २२ वडामा भने पुरुष वडाअध्यक्ष छन् । ४ वडा मध्य गोदावरी नगरपालिका ७ मा एमालेकी कलावती साउँद, गौरीगंगा नगरपालिका ८ मा माओवादी केन्द्रकी करुणा चौधरी, जोशीपुर गाउँपालिका ३ मा नागरिक उन्मुक्ति पार्टीकी रेणुकुमारी डगौरा र लम्कीचुहा नगरपालिका ५ मा माओवादी केन्द्रकी माया विष्ट निर्वाचित भएकी छन् । 
तर जिल्लामा १२२ मध्य एउटा वडामा पनि दलित महिला भने वडा अध्यक्ष बन्न सकेनन् । धनगढी–उपमहानगरपालिका–१ मा जनता समाजबादी पार्टी (जसपा) ले सीमादेवि सोवलाई वडा अध्यक्षको उम्मेदवार बनाए पनि उनि पराजीत भइन् । 
 

उप प्रमुखमा दलित महिला उम्मेदवार असफल
कैलालीका १३ मध्य ४ पालिका उप प्रमुखमा दलित महिलाको उम्मेदवारी परेकोमा सवै उमेदवार पराजीत भएका छन् । कैलालीको जोशीपुर गाउँपालिकामा नेकपा एमालेबाट रम्भादेवि भुल, टिकापुर नगरपालिकामा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट उल्कादेवि विश्वकर्मा, सोही नगरपालिकामा जनता समाजबादी पार्टी (जसपा) का तर्फबाट पिन्की कामी र संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट सुनिता विश्वकर्माले उप प्रमुखमा उम्मेदवारी दिएका थिए । तर एक जना उप प्रमुख पनि विजयी भएनन् ।