धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

रिकोभरद्वारा २० लाख मुल्य बराबरको स्वास्थ्य सामाग्री  हस्तान्तरण

रिकोभरद्वारा २० लाख मुल्य बराबरको स्वास्थ्य सामाग्री  हस्तान्तरण

धनगढी रिकभर परियोजनाद्धारा धनगढी उपमहानगरपालिका१८ को शहरी स्वास्थ्य प्रबदन केन्द्र गौरिफण्टा नाकामा स्थापना गरिएको स्वास्थ्य केन्द्रलाई करिव २० लाख मुल्य बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको नागरिकको स्वास्थ्य चेकजाँचमा सहजता ल्याउने उद्देश्यले स्वास्थ्य संस्थाको माग अनुसार स्वास्थ्य सामाग्री प्रदान गरिएको परियोजना संयोजक लक्ष्मण चौधरीले बताए

कोभिड १९ बाट प्रभावित समुदायहरुको लागि पुनरोत्थान परियोजना -रिकभर_ परियोजनाले स्वास्थ्य पवद्र्धनका लागि धनगढी उपमहानगरपालिका, कैलारी गाउँपालिका गोदावरी नगरपालिकामा स्वास्थ्य सामाग्री वितरण गरिरहेको उनले बताए

लुथरन वल्र्ड रिलिफ -एल=डब्लु=आर को आर्थिक सहयोग तथा धनगढी उप महानगरपालिकाको समन्वयमा ब्याकवार्ड सोसाईटी -बेस_ द्वारा सञ्चालित रिकोभर परियोजनाले कोभिड१९ को रोकथाममा सहज होस् भन्ने उद्देश्यले सोमबार वेलि शहरी स्वास्थ्य स्वास्थ्य पबद्धन केन्द्र शहरी स्वास्थ्य केन्द्र वडा नम्बर१८ मा लाख ९१ हजार ८० रुपैया बराबरको आइ एलआर फ्रिज , वेवि तराजु, स्टिल र्याक, गर्भवति जाँच गर्ने वेड, लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको संयोजक चौधरीले बताए

सो सामाग्री धनगढीका तर्फबाट स्वास्थ्य शाखा प्रमुख कृष्ण बोहराको रोहबरमा स्वास्थ्य प्रबद्धन केन्द्रका प्रमुख डाक्टर शिद्धराज आचार्यलाई ग्रहण गरेका हुन् कार्यक्रममा वडा सचिव बलदेव ओझा समेत सहभागि थिए

स्वास्थ्य सामाग्री बुझ्दै धनगढी उप महानगरपालिकाका स्वास्थ्य इन्चार्ज आगामी दिनमा पनि सहयोगको अपेक्षा व्यक्त गर्दै हसयोगिलाई धन्वयाद व्यक्त गरे

सोही परियोजना अन्तरगत सोमबार कञ्चनपुरको पुनर्वास नगरपालिका११ मा पर्ने गौरिफण्टा नाकामा रहेको त्रिभुवन स्वास्थ्य केन्द्रलाई १५ लाख ८१ हजार ७९ मुल्य बराबरको एन्टिजेन किट, मास्क, सर्जिकल ग्लोभ्स, स्यानिटाइजर तथा भिटिएम किट प्रदान गरेको सो समाग्री पुनर्वास नगरपालिका११ का सदस्य प्रदिप सिंहको रोहवरमा हेल्ट डेस्क प्रमुख गणेश साउँदलाई हस्तान्तरण गरिएको परियोजना संयोजक लक्ष्मण चौधरीले बताए

सामाग्री बुझ्दै स्वास्थ्य इन्चार्ज साउँदले पछिल्लो समय कोरोना संक्रमण फेरी बढ्न थालेको अवस्थामा सहयोग सामाग्री धेरै महत्वपुर्ण हुने बताए उनले आगामी दिनमा पनि संस्थाको सहयोगको अपेक्षा गरिएको बताए रिकोभर परियोजनाका कार्यक्रम संयोजक लक्ष्मण चौधरीले कोरोना संक्रमणबाट प्रभावित तथा आर्थिक अवस्था कम्जोर भएका व्यक्तिलाई रिकोभरले प्राथमिकतामा राखेर सहयोग गर्दै आएको बताए

साथै कोरोना रोकथाम तथा न्यूनीकरणका लागि पनि रोकोभरले स्वास्थ्य संस्थालाई सहयोग गर्दै आएको उनले बताए रिकोभर परियोजनाको मुख्य उद्देश्य कोभिड१९ रोकथाम गर्नु रहेको भन्दै उनले सवैको सामुहिक प्रयास बाट मात्रै कोभिड१९ रोकथाम तथा निमुर्लिकरण गर्न सकिने उनले बताए