धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

रिकोभरद्वारा सार्वजनिक सुनुवाई सम्पन्न

रिकोभरद्वारा सार्वजनिक सुनुवाई सम्पन्न

धनगढी । कोभिड–१९ बाट प्रभावित समुदायका लागि पुनोरुत्थान परियोजना (रिकोभर) को प्रगति तथा सार्वजनिक सुनुवाई कार्यक्रम धनगढी–७ स्थित वेलि शहरी स्वास्थ्य केन्द्रमा सम्पन्न भएको छ ।
कोभिड–१९ बाट प्रभावित नागरिकको पुनोरुत्थान संगै स्वास्थ्य संस्थालाई सवल बनाउने उद्देश्य सहित लुथरन वरल्ड रिलिफको सहयोगमा  बेस कैलालीले रिकोभर परियोजना सञ्चालन गरेको हो ।

कार्यक्रमको प्रगति विवरण प्रस्तुत गर्दै रिकोभर परियोजना संयोजक लक्ष्मण चौधरीले धनगढी उप–महानगरपालिका १, १२, १६ र १८ नम्बर वडाका ३ सय घर धुरीमा पुनरोउत्थान कार्यक्रम सञ्चालन गरिएको बताए । 
यसैगरी धनगढी उप महानगरपालिका अन्तरगतका वर्थिङ सेन्टर बेली, फूलबारी, उर्मा स्थास्थ्य चौकीहरुमा कार्डिक मोनिटर, प्रिलाईट, वेवि वईटिङ मेसिन, टु–इन वन वइटिङ स्केल, डिजिटल थर्मामिटर, डेलिभरी सेट, इलेक्ट्रिक जग, फुट स्टेप, ड्रम लार्ज, डेलिभरी सेट, हिटर, आइ.एल.आर रेफ्रि जेरेटर प्रदान गरिएको परियोजना इन्चार्ज चौधरीले बताए । १० महिना (अक्टोबर २०२१ देखि जुन २०२२) सम्म सञ्चालन भएको परियोजनाको उद्देश्य कोभिड १९ जस्ता महमारी तथा भविष्यमा आउन सक्ने महामारीबाट बच्न स्वास्थ्य संस्थालाई मजबुत बनाउने र  प्रभावित समुदायको जीविकोपार्जनमा सहयोग पुर्याउनु रहेको उनले बताए । 
परियोजना अन्तरगत धनगढीका २ सय ७४ जना कृषकहरुलाई सात प्रकारको कृषि वीउ विजज, भिटामिन, किटनाशक औषधि तथा फुल लगाउने औषधी हजारी र स्प्रे टयांकी वितरण गरिएको उनले बताए । यसैगरी २ सय जना अति विपन्न परिवारको स्वास्थ्य वीमा गरिएको, ३६ जना सुनौलो हजार दिनका आमाहरुलाई पोषण वितरण गरिएको छ ।  संयोजक चौधरीका अनुसार रिकोभर परियोजना सञ्चालन पछि ५० जना आप्रवासीहरुलाई (३० वटा बाख्रा, ८ वटा बंगुर १ जनालाई प्लम्बर तालिम, ३ जनालाई इलेक्ट्रिक मोटर, ३४ लिटर डिजेल सहयोग, किराना पशल सञ्चालन, ४ जनालाई फाष्टफुड व्यवसाय सञ्चालन गर्न सहयोग तथा १ जनालाई  चल्ला सहयोग गरिएको जनाइएको छ । 
सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै लाभान्वित मध्यकी लक्ष्मी देवि मल्लले परियोजना पुनः सञ्चालनका लागि माग गरिन् । ‘रिकोभर परियोजनाले साच्चै समस्यामा परेका नागरिकलाई निस्वार्थ सहयोग गरेको छ,’ उनले भनिन्, ‘यो परियोजना पुनः सञ्चालन गर्न आग्रह गदैछौं ।’
उनले तरकारीको वीउ किन्न नसक्ने परिवारलाई वीउ वितरण गरेरपछि उनिहरु तरकारी व्यवसायी बनेका बताइन् । त्यसैगरी आर्थिक रुपमा कम्जोर परिवाररलाई स्वास्थ्य वीमामा आवद्ध गराउँदा ती परिवारलाई स्वास्थ्य उपचारमा सहज भएको उनले बताइन् ।
धनगढी उप–महानगरपालिकाका स्वास्थ्य संयोजक डाक्टर कृष्ण बोहराले नगरो स्वास्थ्य सुधारमा रिकोभरको ठुलो योगदान रहेको बताइए । ‘छोटो समयमा रिकोभरले नगर स्वास्थ्य सुधारका लागि नमुना काम गरेको छ,’ इन्चार्ज बोहराले भने, ‘आगामी दिनमा पनि यस्तै सहयोग पाइनेछ भन्नेमा आशाबादी छौं ।’
कार्यक्रम समापन गर्दै धनगढी–७ का वडा अध्यक्ष मोति रानाले आफ्नो वडालाई छनौट गरी नागरिकको पनरोत्थान र स्वास्थ्य संस्थामा लगानी गरेको भन्दै रिकोभरलाई धन्वयाद दिए । विपन्न परिवारलाई आर्थिक पुनरोत्थानमा गरेको सहयोग अतुलनिय रहेको उनले बताए ।
उनले वेलीमात्र नभई फूलवारकिा लागि समेत अति आवश्यक रहेको आइ.एल.आर रेफ्रिजेरेटर सहयोग गरेर रिकोभरले सो क्षेत्रका नागरिक प्रति ठुलो गुन लगाएको समेत बताए ।

‘आइ.इल.आर रेफ्रिजेरेटर नहुँदा खोप चिस्यानमा धेरै समस्या हुदै आएको थियो,’ उनले भने, ‘खोप भण्डारणका लागि फूलबारी देखिनै धनगढी जानु पर्ने अवस्था रहेको थियो, अव त्यो समस्या समाधान भएको छ, यसका लागि सहयोगि संस्थालाई धन्यवाद दिन चाहन्छु ।’ उनले आफ्नो वडामा काम गर्ने इच्छुक संघ संस्थालाई आफु स्वागत गर्न तयार रहेको समेत बताए ।