धनगढी पोष्ट
शनिबार, २० असार २०७७ मा प्रकाशित
धनगढी
सेती प्रादेशिक अस्पतालमा शनिबार गरिएको परिक्षणमा कोरोना संक्रमण देखिएका एक जना युएइबाट केही दिन अघि मात्र आएका धनगढीका युवक रहेका छन् ।
धनगढीउपमहानगरपालिकाको स्वास्थ्य शाखाका लक्ष्मी राज उपाध्यायका अनुसार धनगढी उपमहानगरपालिका वार्ड नम्बर २ का ३१ बर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । ती युवक २१ जुनमा युएइबाट नेपाल आएका हुन् ।
युएइबाट आएपछि उनी नवदुर्गा स्कुलको क्वोरन्टिनमा नौ दिन बसेपछि आरडीटी परिक्षणमा नेगेटिभ देखिएपछि र घर गएका थिए । घर वगएपछि उनी होम क्वारेन्टिनमा रहेका छन् ।
धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखाका उपाध्यायले कोरोना संक्रमित युवक होम आइसोलेसन र उपमहानगरपालिकाको आइसोलेसन मध्य एक ठाउँमा बस्न सक्ने बताए । ‘हामी ती युवकलाई सम्पर्क गर्छौ’ उपाध्यायले भने ‘उनले जहाँ चाहन्छन, त्यहाँ बस्न सक्छन् । घरमा बस्दन निश्चित नियमको पालना गर्नु पर्छ ।’
धनगढी उपमहागरपालिकामा ७७ जना कोरोना संक्रमितहरु रहेका छन् ।